साना व्यवसायलाई जोगाउन जापानले ल्यायो ३३४ खर्बको प्याकेज

जापानको केन्द्रीय बैंकले कोरोनाभाइरसबाट ठूलो क्षति व्यहोर्न बाध्य जापानका साना व्यवसायीका लागि २७९ बिलियन अर्थात् २ खर्ब ७९ अर्ब डलर ( ३३४ खर्ब रुपैयाँ) को ऋण व्यवस्था गरेको छ ।

 

जापान अहिले विश्वमै तेस्रो ठूलो अर्थव्यवस्था भएको मुलुक हो । बैंक अफ जापानले यसअघि पनि साना तथा मझौला उद्योग व्यवसायका लागि सहुलियत दरमा ठूलो परिमाणको ऋण व्यवस्था गरेको थियो ।

 

कोरोनाभाइरसबाट विश्व अर्थतन्त्रमा ठूलो क्षति पुग्नु अघि नै जापानी अर्थव्यवस्था प्राकृतिक प्रकोप र उपभोग्य वस्तुमा बढाइएको करबाट निकै ठूलो संकटमा थियो ।

 

सोमबार प्रकाशित आर्थिक विवरणमा सन् २०१५ को पहिलो चौमासिक अवधिमै जापानको अर्थतन्त्र मन्दीमा रहेको देखिएको छ । जापानी अर्थशास्त्रीहरुले जापानको अर्थव्यवस्थामा अझै ठूलो संकट आउने अनुमान गरेका छन् ।

 

गत महिना जापानको केन्द्रीय बैंकले अर्थतन्त्रलाई गतिशील तुल्याउन तथा कोरोना भाइरसका कारण सिर्जित समस्या सुल्झाउन नयाँ मौद्रिक नीति अघि सारेको थियो ।

एजेन्सी

कोरोना बीमालेख परिमार्जन, विदेशबाट आएकाले १ महिनापछि मात्र पोलिसी किन्न पाउने Read Previous

कोरोना बीमालेख परिमार्जन, विदेशबाट आएकाले १ महिनापछि मात्र पोलिसी किन्न पाउने

आइतबारदेखि सञ्चय कोषबाट विशेष सापटी लिन सकिने Read Next

आइतबारदेखि सञ्चय कोषबाट विशेष सापटी लिन सकिने