कोरोनालाई परास्त गरेको न्यूजिल्यान्डले हप्ताको ४ दिन काम गर्न दिने
चाणक्य पोष्ट
प्रकाशित : 11:23 am, शुक्रबार, जेठ ९, २०७७

न्यूजिल्यान्डकी प्रधानमन्त्री जकिन्दा अर्डेर्नले मजदूरहरुलाई हप्तामा चार दिन काम गर्न दिन चाहेको बताएकी छिन् ।

 

देशको पर्यटन व्यवसायको प्रवद्र्धन र मजदूरहरुको हितका लागि हप्तामा चार दिन काम गर्न दिनु आवश्यक भएको उनको भनाइ रहेको छ ।

 

कोरोनाभाइरसका कारण मानिसहरुलाई घर बाहिर हिडडुल गर्न प्रतिवन्ध लगाइएकाले धेरै क्षेत्र नराम्ररी प्रभावित भएका छन् ।

 

सामाजिक सञ्जाल फेसबुक मार्फत् भएको प्रत्यक्ष प्रसारणका क्रममा उनले कामका लागि लचकता अपनाउनु पर्नेमा जोड दिएका छन् ।

 

कोरोनाभाइरसबाट बच्न अपनाउनु पर्ने उच्च स्वास्थ्य सतर्कताका बारेमा लकडाउनका बेला आम नागरिक शिक्षित भइसकेको पनि उनको भनाइ छ ।

 

राष्ट्रिय सिमा नाकाहरु बन्द नै राख्ने र काममा लचकताको व्यवस्था गर्दै देशभित्र घुमघाम गर्न दिनु उपयुक्त हुने प्रधानमन्त्रीको निष्कर्ष छ ।

 

उनले हप्तामा चार दिन काम गर्न दिनका लागि आफूलाई धेरै मानिसले सुझाव दिइरहेको पनि जानकारी दिए ।