राष्ट्र बैंकको ४२ बुँदे मार्गदर्शन : कर्मचारीलाई ‘वर्क फ्रम होम’ को सुविधा, नोटलाई डिसइन्फेक्सन गर्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीका लागि ४२ बुँदे मार्गदर्शन जारी गरेको छ ।

 

केन्द्रीय बैंकको जनशक्ति व्यवस्थापन विभागले कोभिड–१९ को महामारी फैलिन थालेपछि आफ्ना कर्मचारीहरुमा संक्रमण हुन नदिन ‘बैंकको सेवा संचालन मार्गदर्शन २०७७’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

 

मार्गदर्शनमा बैंक सञ्चालनको लागि लागि घरबाटै काम लाई स्वीकृति प्रदान गरेको छ। लकडाउनको अनिश्चिततालाई मध्यनजर गरि राष्ट्र बैंकले कामको प्रकृति अनुसार बैंकका कर्मचारीलाई घरबाटै काम गर्ने स्वीकृति प्रदान गरेको हो।घरबाटै काम गर्ने कर्मचारीले भने विभागीय प्रमुखको सम्पर्कमा निरन्तर रहनुपर्नेछ।

 

राष्ट्र बैंकले घरबाटै काम गर्ने कर्मचारीलाई टेलिफोन/मोबाइल तयारी अवस्थामा राख्नु पर्ने निर्देशन दिएको छ भने आफ्नो इमेललाई समेत अद्यावधिक रुपमा राखी सम्बन्धित प्रमुखसँग निरन्तर सम्पर्कमा रहनु पर्ने बताएको छ।

 

आफू कार्यरत विभागको प्रमुखले सुचित गरेको समयमा भने घरबाटै काम गर्ने कर्मचारी कार्यलयमा उपस्थित हुनुपर्नेछ। त्यस्तै बैंकका कर्मचारीहरुले अबदेखि दैनिक भेटघाटको डायरी राख्नुपर्ने छ ।

 

राष्ट्रबैंकका विभिन्न विभाग, कार्यालय, महाशाखा तथा इकाईमा कार्यरत कर्मचारीहरुले आफूसँग भेट भएका सेवाग्राहीको सम्पर्क नम्बर र मिति नोट गरी दैनिक भेटघाटको डायरी राख्नुपर्ने भएको हो।

 

राष्ट्र बैंकले विभाग, कार्यालय, महाशाखा, र इकाईको कार्यलाई निरन्तरता दिने र जिम्मेवारि सम्बन्धित प्रमुखलाई नै दिने मार्ग दर्शनमा उल्लेख गरेको छ। घरबाटै काम गर्ने कर्मचारीले भने विभागीय प्रमुखको सम्पर्कमा निरन्तर रहनुपर्नेछ।

 

राष्ट्र बैंकले घरबाटै काम गर्ने कर्मचारीलाई टेलिफोन/मोबाइल तयारी अवस्थामा राख्नु पर्ने निर्देशन दिएको छ भने आफ्नो इमेललाई समेत अद्यावधिक रुपमा राखी सम्बन्धित प्रमुखसँग निरन्तर सम्पर्कमा रहनु पर्ने बताएको छ। आफू कार्यरत विभागको प्रमुखले सुचित गरेको समयमा भने घरबाटै काम गर्ने कर्मचारी कार्यलयमा उपस्थित हुनुपर्नेछ।

 

त्यस्तै कोरोना भाइरस फैलिन नदिन राष्ट्र बैंकले सुरक्षा सतर्कतामा समेत विशेष जोड दिएको छ। प्रत्येक कार्यालयमा अनिवार्य रुपमा तापक्रम मापन गर्ने इन्फ्रारेड थर्मोमिटरको व्यवस्था गर्नु पर्ने छ भने बैंकको प्रवेशद्वारमा खटिने सुरक्षा समूहका कर्मचारीलाई सकेसम्म अनिवार्य पीपीई लगाउन र त्यसको सुविधा नभए एन–९५ मास्क लगाउन राष्ट्र बैंकले निर्देशन गरेको छ।

 

त्यस्तै बैंक वित्तीय संस्थाबाट नगद दाखिला बुझिलिने सम्बन्धमा सुरुमा शिलबन्दी बाक्सा नै लिने तर केहीदिन पछि मात्र गणना गर्नुपर्ने मार्गदर्शनमा उल्लेख गरिएको छ। दाखिला प्राप्त हुने नोट गणना गर्नुअघि संक्रमणरहित बनाउन नोटमा स्प्रे गर्नलाई राष्ट्र बैंकले निर्देशन गरेको छ।

 

लकडाउनका बेलामा पनि बैंकिङ कार्यालय, मुद्रा व्यवस्थापन विभाग र प्रदेशस्थित कार्यालयबाट गरिने फण्ड ट्रान्सफर, सरकारी कारोबार, चेक भुक्तानी तथा नगद जम्मा गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने राष्ट्र बैंकले निर्देशन गरेको छ।

 

त्यस्तै सकेसम्म बैठक भर्चुअल गर्नेलाई प्रोत्साहन गर्दै राष्ट्र बैंकले बैठकनै डाक्नुपर्ने भए विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड अनुसार बैठक राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ।

 

बैंक परिसरबाटै प्रदान गर्नुपर्ने बैंकिङ सेवाका लागि भने सम्बन्धित विभाग कार्यालयबाट सकेसम्म न्यूनतम कर्मचारीको उपस्थितिमा (बढीमा एकतिहाईबाट) आवश्यक सेवा प्रदान गर्ने व्यवस्था समेत गरिएको छ ।

 

आलोपालो आधारमा कर्मचारीहरुलाई कार्यमा खटाउन र सो कार्यका लागि कम्तीमा ६ दिनको रोटेसन बनाएर कर्मचारीलाई उपस्थित गराउन समेत भनिएको छ ।

 

राष्ट्र बैंकका विभाग, कार्यालय, महाशाखा तथा इकाईहरुको कार्यस्थलमा कर्मचारीबीच न्यूनतम भौतिक दूरी समेत कायम गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ ।

 

चीनसँग व्यापार युद्ध गर्न नचाहेको अस्ट्रेलियाको स्पष्टोक्ति Read Previous

चीनसँग व्यापार युद्ध गर्न नचाहेको अस्ट्रेलियाको स्पष्टोक्ति

बाँझो जग्गामा खेती गर्नेलाई अनुदान : कोदोखेती गर्नेलाई प्रतिरोपनी २ हजार, धानखेतीलाई  ५ हजार Read Next

बाँझो जग्गामा खेती गर्नेलाई अनुदान : कोदोखेती गर्नेलाई प्रतिरोपनी २ हजार, धानखेतीलाई ५ हजार