सेनाले दोस्रो लटमा ल्यायो चीनबाट १९ टन स्वास्थ्य सामाग्री

काठमाडौं । नेपाली सेनाले दोस्रो लटमा चीनको ग्वाङ्जाओबाटबाट करिब १९ टन स्वास्थ्य सामग्री ल्याएको छ ।

 

नेपाल एयरलाइन्सको वाइडबडीमार्फत सेनाले मंगलबार बिहान पीपीई, एन–९५ मास्क, पञ्ज लगायत गरी १८.८४ टन अत्यावश्यक स्वास्थ्य सामग्री काठमाडौं ल्याइपुर्याएको हो।

 

सेनाले यसअघि पहिलो लटमा तातोपानी नाका हुँदै स्थलमार्गबाट शनिबार १० ओटा कन्टेनरमा करिब ९ टन स्वास्थ्य सामग्री ल्याएको थियो ।

 

सेनाले सरकार–सरकारबीच भएको खरिद सम्झौताअनुसार चीनबाट कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि ३४३ टन स्वास्थ्य सामग्री नेपाल ल्याउने छ ।

 

नेपालले चीनसँग कोभिड-१९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि आवश्यक उपकरण, पीपीईलगायत ७३ प्रकारका सामग्री खरिद गर्ने सम्झौता गरेको थियो । जसका लागि सेनाले चीनलाई १ करोड ८४ लाख ४१ हजार ७ सय ६ अमेरिकी डलर भुक्तानी समेत गरिसकेको छ ।

 

सरकारले यसअघि ओम्नी ग्रुपसँग गरेको खरिद सम्झौता विवादित बनेपछि आवश्यक चिकित्सकिय सामान खरिदको जिम्मा नेपाली सेनालाई दिएको थियो।

चारोको समस्या भएपछि कुखुराले कुखुरा खाँदै Read Previous

चारोको समस्या भएपछि कुखुराले कुखुरा खाँदै

दक्षिण कोरियामा २० वर्ष यताकै उच्च बेरोजगार, नेपाली पनि प्रभावित Read Next

दक्षिण कोरियामा २० वर्ष यताकै उच्च बेरोजगार, नेपाली पनि प्रभावित