दुईदिन खुलेको सेयर बजार फेरि बन्द हुने, अब लकडाउनपछि मात्र खुल्ने

काठमाडौं । धितोपत्र बोर्डले बिहीबार अर्को व्यवस्था नभएसम्मका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई सेयर कारोबार बन्द गर्न निर्देशन दिएको छ । बोर्डको निर्देशनसँगै सेयर बजार फेरि बन्द हुने भएको हो ।

 

कोरोना संक्रमण बढ्दो जोखिमलाई मध्येनजर गर्दै बजार बन्द गर्न निर्देशन दिइएको बोर्डले बताएको छ।

 

डेढ महिनापछि दुईदिन खुलेको सेयर बजार दुवैदिन नेगेटिभ सर्किट लाग्दै कारोबार बन्द भएको थियो । लकडाउन सुरु भएदेखि बन्द सेयर बजार खुलेको पहिलो दिन १ घण्टा २३ मिनेटमै बन्द भएको थियो ।

 

त्यसदिन बजारमा ८७ कम्पनीका १ लाख ६ हजार कित्ता सेयर किनबेच हुँदैै १० करोड ४३ लाख रुपैयाँको कारोबार भएको थियो ।

 

दोस्रोदिन बुधबार ४० मिनेटमै कारोबार बन्द भएको थियो । उक्त दिन ७४ कम्पनीको ३६ लाख १३ हजार ५२३ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

कोरियामा ५ लाखको जागिर गयो, नेपाली पनि प्रभावित Read Previous

कोरियामा ५ लाखको जागिर गयो, नेपाली पनि प्रभावित

सरकारी कम्पनी नै उपभोक्ता ठग्दै, ३० केजीको चामलको बोरामा २५ केजी मात्रै Read Next

सरकारी कम्पनी नै उपभोक्ता ठग्दै, ३० केजीको चामलको बोरामा २५ केजी मात्रै