काठमाडौं । चालू आर्थिक वर्षमा शिवम् सिमेन्ट्स खुद नाफा २६ करोड ६५ लाख रुपैयाँले घटेको छ। कम्पनीले बुधबार सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले चैत मसान्तसम्ममा कम्पनीले ७९ करोड २४ लाख ६८ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ ।
कम्पनीले गत आवको सोही अवधिमा १ अर्ब ५ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। लकडाउनका कारण उद्योग सञ्चालन, कारोबार हुन नसक्दा कम्पनीको विक्री आय पनि घटेको छ । कम्पनीको विक्री आय गत आवको तेस्रो त्रैमासको तुलनामा १ अर्ब २९ करोड २१ लाख रुपैयाँले घटेको छ।
कम्पनीले चालू आवको ९ महिना अवधिमा ७ अर्ब ८ करोड ४० लाख रुपैयाँको सिमेन्ट विक्री गरेको छ। गत आवको यसै अवधिमा यस्तो आम्दानी ८ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ थियो।
विक्री आम्दानी घटेसँगै समीक्षा अवधिमा कम्पनीको खुद नाफा पनि २६ करोड ६५ लाख रुपैयाँले घटेको छ।चालू आवको चैत मसान्तसम्ममा कम्पनीले ७९ करोड २४ लाख ६८ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ।
गत आवको यसै अवधिमा कम्पनीले १ अर्ब ५ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। ४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी ८.०८ रुपैयाँले घटेर २४.०१ रुपैयाँमा आएको छ ।
समीक्षा अवधिमा कम्पनीको सेयरधनी कोष पनि ३ अर्ब ४५ करोडबाट घटेर ३ अर्ब ३४ करोड रुपैयाँमा झरेको छ। उसको शेयर प्रिमियम रकम ९४ करोड २ लाख रुपैयाँ सञ्चित छ।
कम्पनीको प्रतिसेयर नेटवर्थ १९७.२८ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.२८ गुणा रहेको छ।