एनआईसी एशिया बैंकको नाफा ३८ करोड बढ्यो, २ खर्ब निक्षेप संकलन

काठमाडौं । एनआईसी एशिया बैंकले चालू आवका तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कोरोनाका कारण सृर्जित असहज परिस्थितिको बाबजूद बैंकले चालू आवको तेस्रो त्रैमाससम्म खुद नाफा १० प्रतिशतले वृद्धि गरेको छ ।

 

बैंकले चैत मसान्तसम्म २ अर्ब ५० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा २२ करोड बढी हो । बैंकले गतवर्षको चैतसम्ममा २ अर्ब २८ करोड रुपैयाँ नाफा कमाएको थियो ।

 

बैंकले चालू आवमा सञ्चालन मुनाफा १२ प्रतिशतले वृद्धि गरी ३ अर्ब ६० करोड पुर्याएको छ । बैंकले समीक्षा अवधिसम्म १ खर्ब ९६ अर्ब निक्षेप संकलन गरी १ खर्ब ७५ कर्जा प्रवाह गरेको छ ।

 

बैंकले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई न्यून जोखिमका साना तथा मझौला कर्जा र रिटेल कर्जामा विविधिकरण गर्दै आएको छ । बैंकले कुल कर्जा लगानीको हाल ७४% कर्जा यस्ता क्षेत्रमा गरेको छ । त्यसैगरी प्राथमिकता क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम २५% कर्जा लगानी पूर्ण रूपले पालना गरेको छ ।

 

बैंकले नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको २% ब्याज छुटको अलावा वैशाख महिनासम्ममा तिर्नुपर्ने ब्याज वैशाख मसान्तभित्र चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा १०% छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना आफ्ना ग्राहक समक्ष ल्याएको छ ।

 

बैंकले हाल देशभरका ३१९ शाखा कार्यालय, ४६१ एटीएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

पेट्रोलियम पदार्थ विक्रीमा भारी गिरावट, ५ दिनमा बिक्ने पेट्रोल ४५ दिनमा बिक्यो Read Previous

पेट्रोलियम पदार्थ विक्रीमा भारी गिरावट, ५ दिनमा बिक्ने पेट्रोल ४५ दिनमा बिक्यो

ऊर्जा क्षेत्रमा गरिएको २ खर्ब लगानी जोगाउन ठोस कार्ययोजना बनाइँदै, जलविद्युत् क्षेत्रका १ लाख मजदूर बेरोजगार Read Next

ऊर्जा क्षेत्रमा गरिएको २ खर्ब लगानी जोगाउन ठोस कार्ययोजना बनाइँदै, जलविद्युत् क्षेत्रका १ लाख मजदूर बेरोजगार