अर्थतन्त्र डामाडोल भएपछि साउदी अरबले भ्याट ३ गुणा बढायो, तेलको मूल्य बढ्ने

कोरोना भाइरसका कारण अर्थतन्त्र डामाडोल भएपछि विश्वकै ठूलो तेल उत्पादक साउदी अरबले मूल्य अभिवृद्धि कर (भ्याट) तीन गुना बढाउने निर्णय गरेको छ।

 

साउदी अरबमा अहिले ५ प्रतिशत भ्याट लाग्दै आएको छ । त्यहाँको सरकारले यसलाई बढाएर १५ प्रतिशत पुर्याउने निर्णय गरेको हो । यो नयाँ भ्याट दर जुलाई १ देखि लागू बताइएको छ । साउदी सरकारको यो निर्णयसँगै अब कच्चा तेलको मूल्य बढ्ने भएको छ ।

 

कोरोनाका कारण कच्च्चा तेलमा आएको भारी गिरावटका कारण समग्र अर्थतन्त्र नै प्रभावित बनेपछि त्यसलाई उकास्न भ्याट बढाइएको सरकारले बताएको छ । तेलको भाउ घटेपछि साउदीको राजस्वमा २२ प्रतिशतले गिरावट आएको थियो।

 

साउदीमा चालू आर्थिक वर्षको पहिलो चौमासिकमा बजेट घाटा ९ अर्ब डलर भएको छ । सोही बजेट घाटा पूर्ति गर्न भ्याट बढाइएको हो ।

 

यसका साथै साउदी सरकारले कर्मचारीले पाउँदै आएको भत्ता पनि रोकिदिएको छ। यसबाट वित्तीय घाटा कम गर्ने योजना साउदी सरकारको रहेको छ।

-एजेन्सी

अब ४० मुरी धान फलाए १ लाख पुरस्कार पाइने Read Previous

अब ४० मुरी धान फलाए १ लाख पुरस्कार पाइने

चालू आवमा मालपोत राजश्व साढे ७ अर्ब घट्ने, घरजग्गा कारोबार ठप्प Read Next

चालू आवमा मालपोत राजश्व साढे ७ अर्ब घट्ने, घरजग्गा कारोबार ठप्प