काठमाडौं । एनआईसी एशिया लघुवित्तले ऋणीलाई ब्याजमा थप १० प्रतिशत छुट दिने भएको छ ।
ऋणीले वैशाख मसान्तसम्ममा तिर्नुपर्ने सम्पूर्ण किस्ता/ब्याज तिरेमा साधारण ब्याजको १०% र हर्जाना ब्याजको सतप्रतिशत मिनाहा गर्ने योजना लघुवित्तले जनाएको छ ।
साथै लघुवित्तले ऋणीले चैत्र मसान्तसम्म कायम रहेको कर्जा ब्याजदरमा ३% ब्याज छुट गरी हुन आउने ब्याज रकममा समेत १०% को अतिरिक्त छुट प्रदान गर्ने व्यवस्था गरेको छ । यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाका साथै संस्थाले प्रवाह गरेका सबै कर्जामा लागू हुने बताइएको छ ।
लघुवित्तले चैत्र मसान्तसम्ममा ऋण चिर्ने ग्राहकलाई राष्ट्र बैंकको निर्देशन बमोजिम ब्याजमा पाउने १० प्रतिशत छुट बापत हुन आउने रकम ९ लाख ८३ हजार ५६७ रुपैयाँ सम्बन्धित ग्राहकको खातामा जम्मा गरिसकेको जनाएको छ ।
लघुवित्तले हाल देशका विभिन्न स्थानका १०५ शाखा कार्यालयबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । लघुवित्तले निकट भविष्यमा ४७ करोड ५५ लाख रुपैयाँ बराबरको प्रथमिक सर्वसाधारण सेयर निक्ष्काशन गर्ने तयारी गरेको छ ।