निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : १० दिनभित्र प्रगति विवरण पेश गर्न निर्देशन, ४२ सय रुख काट्ने निर्णय

काठमाडौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढाइने भएको छ ।

 

आइतबार पर्यटनमन्त्रामा बसेको आयोजना निर्माणका लागि अन्तर निकाय समन्वय, सहजीकरण एवं आइपरेका समस्या समाधान गर्न गठित उच्चस्तरीय सहजीकरण समितिको ५ औं बैठकले नागरिक उड्डयन प्राधिकरण अन्तर्गत राष्ट्रिय गौरवको आयोजना कार्यहरु यथाशिघ्र अगाडि बढाइ सोको प्रगति प्रतिवेदन १० दिन भित्र समितिमा पेश गर्न निर्देशन दिएको छ ।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको सो बैठकले निजगढ विमानस्थल बनाउनका लागि ४ हजार २३२ वटा रुखहरुको कटान-स्वीकृतीका लागि वन तथा वातावरण मन्त्रालयले चाँडै मन्त्रिपरिषद्‍ समक्ष प्रस्ताव पेश गर्ने भएको छ ।

 

साथै, विमानस्थल निर्माण क्षेत्रभित्रका रुख तथा पोलहरुको लगत नम्वरीङ कार्य तत्काल अघि बढाउने निर्णय गरेको छ ।

 

यस्तै बैठकले लगानी बोर्डले निश्चित समय सीमा तोकी जुरिच इन्टरनेशनलसँग सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडेलको प्रस्ताव माग गर्ने र सम्झौता प्रकृया पूरा गर्ने समेत निर्णय गरेको छ ।

 

नेपाल नागरिक उड्डयन प्राधिकरणले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको मास्टर प्लान निर्माणको खरिद सम्झौता प्रकृया शीघ्र सम्पन्न गर्ने भएको छ ।

 

नदीजन्य पदार्थ उपलब्ध गराएपछि गौतमबुद्ध विमानस्थलको निर्माण अघि बढ्यो Read Previous

नदीजन्य पदार्थ उपलब्ध गराएपछि गौतमबुद्ध विमानस्थलको निर्माण अघि बढ्यो

लकडाउन खुकुलो भएसँगै पेट्रोलियम पदार्थ खपत दोब्बरले बढ्यो Read Next

लकडाउन खुकुलो भएसँगै पेट्रोलियम पदार्थ खपत दोब्बरले बढ्यो