लगानी आकर्षित गर्दै भारत, चीनमा रहेका १० हजार अमेरिकी कम्पनीहरुसँग कुराकानी शुरु

भारतले चीनमा रहेका अमेरिकी उत्पादन कम्पनीहरुलाई आफ्नो देशतर्फ आकर्षित गर्ने प्रक्रिया शुरु गरेको छ । पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भाइरस महामारीको दोष आक्रामक ढंगले चीन माथी थोपरिरहेका छन् ।

 

गत अप्रिल महिनामा भारतिय अधिकारीहरुले चीनमा कारखाना रहेका करिब १ हजार अमेरिकी कम्पनीहरुलाई सम्पर्क गरेर आफ्नो देशमा लगानी गरे बिभिन्न किसिमको छुट तथा सुबिधाहरु उपलब्ध गराउने बताएका छन् ।

 

भारतले स्वास्थ्य सेवा सम्बन्धी उकरणहरु, खाद्य प्रशोधन, कपडा, छाला, सवारी पार्टपुर्जा लगायत उत्पादन गर्ने कम्पनीहरुसँग सम्पर्क बढाएको हो ।

 

कोरोना भाइरसको महामारी पछि बिभिन्न वस्तुहरुको मूल्य श्रंखला देखि लिएर व्यापार सम्झौताहरुमा समेत व्यापक परिवर्तन आउने अपेक्षा गर्न थालिएको छ ।

 

जापानले पनि चीनबाट आफ्ना कारखाना सार्न चाहने कम्पनीहरुलाई आकर्षित गर्न २.२ अर्ब डलरको कोष बनाएको छ भने युरोपले पनि चिनीयाँ सामग्रीहरु प्रतिको आफ्नो निर्भरता कम गर्दै जाने बताउन थालेको छ ।

 

यसैको अवसर छोप्नको लागि भारतले स्वास्थ्य उपकरण बनाउने मेडट्रोनिक पिएलसी र अबोट ल्यावसँग सम्पर्क बढाएको भारतीय अधिकारीहरुले जानकारी दिएका छन् । यी दुवै कम्पनीहरुको अहिले पनि भारतमा उपस्थिति रहेको छ त्यसैले पूर्ण रुपमा भारतमा कारखाना सार्दा मूल्य श्रंखलामा धेरै असर नपर्ने बताइएको छ ।

 

भारतीय अधिकारीहरुले भारतमा व्यवसाय गर्नका लागि जमिन सहजै उपलब्ध हुने र दक्ष जनशक्ति पनि सहजै र सस्तोमा उपलब्ध हुने भन्दै कम्पनीका अधिकारीहरुलाई बताउँदै आएका छन् । साथै, भारतले श्रम लगायत कानुनहरुमा शंसोधन गर्नुपरे त्यो पनि गर्न सकिने कम्पनीका अधिकारीहरुलाई बताएका छन् ।

 

इ कर्मश कम्पनीहरुलाई पनि कर छुट दिने भन्दै भारतले प्रक्रिया अघि बढाएको छ ।

 

चीनको बिकल्पको रुपमा भियतनामलाई कम्पनीहरुले लिन थालेपछि नरेन्द्र मोदीको सरकारले भारतलाई पनि बलियो बिकल्पको रुपमा उभ्याउने प्रयास गर्न थालेको हो ।

 

चीनको अत्याधिक ठूलो उत्पादन क्षमताको कारणले भारत र भियतनामले तत्कालै चीनलाई विस्थापित गर्न सक्छन् भन्ने नभए पनि भारत र भियतनामले चीनको त्यो गति पहिल्याउन सक्छन् भन्ने विश्वास भने रहेको बताउन थालिएको छ ।

 

भारतले ट्रम्पको आग्रह पश्चात हाइड्रोक्सीक्लोरोक्वीन र प्यारासिटामोलको निर्यात केही खुकुलो पारेको थियो । साथै, औषधी र स्वास्थ्य उपकरणहरु बल्कमा उत्पादन गनृका लागि १.७ अर्ब डलरको लगानी पनि भारतले स्वीकृत गरेको छ । भारतले पनि चीनसँग आफ्नो निर्भरता घटाउँदै लैजाने बताएको छ ।

 

चीन स्थित अमेरिकी कम्पनीहरुलाई भारत ल्याउन सके हप्तौं लकडाउनले थला परेको भारतीय अर्थतन्त्रलाई धेरै राहत हुने देखिएको छ । ‘भारतको लागि विश्वव्यापी आपुर्ती श्रंखलामा प्रवेश पाउनका लागि ठूलो अवसर छ । तर यसका लागि उसले पूर्वाधार र सुशासनमा धेरै लगानी गर्नुपर्ने हुन्छ’, भारतीय राजनीति र विदेश नीतिका बारेमा लेख्ने सिकागो विश्वविद्यालयका प्राध्यापक पउल स्टेनल्याण्ड भन्छन् ।

 

‘भारत भियतनाम र कम्बोडिया भन्दा ठूलो छ । त्यसैले उनीहरु भन्दा भारतले धेरै लगानी आकर्षित गर्न सक्नुपर्ने छ,’ भारतीय निर्यात संघका कार्यकारी निर्देशक अजय शाही बताउँछन् । उनका अनुसार जमिन, पानी इत्यादी भन्दा पनि कर प्रणालीमा धेरै सुधारको खाँचो छ ।

व्यवसायीको प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र, लकडाउनका बीच उद्योग चलाउन असम्भव Read Previous

व्यवसायीको प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र, लकडाउनका बीच उद्योग चलाउन असम्भव

धरहरा निर्माण पुःन शुरु, ३८ प्रतिशत काम सम्पन्न Read Next

धरहरा निर्माण पुःन शुरु, ३८ प्रतिशत काम सम्पन्न