स्याउको बीमा गर्ने बढे

जुम्ला, मुगु र कालिकोटमा लागू भएको स्याउ बीमा कार्यक्रम प्रभावकारी बनेपछि बीमा गर्नेको सङ्ख्या बढ्दै गएको छ ।

 

कर्णालीमा केही वर्षयता स्याउको बिरुवालगायत निर्जीवन बीमाप्रति आकर्षण बढ्दै गएको हो । थोरै लगानीमा धेरै रकम प्राप्त हुने भएपछि बीमाप्रतिको आकर्षण बढ्दो छ ।

 

कर्णालीका स्याउ फल्ने तीन जिल्लामा स्याउका बिरुवाको बीमा गर्ने सरकारी कार्यक्रम चलेको छ । यो वर्षको सिजनका लागि जुम्लमा ९०० किसानले ५० हजार स्याउका बिरुवाको बीमा गरेका छन् । त्यस्तै मुगुमा ३०० किसानले १९ हजार स्याउका बिरुवा र कालिकोटमा ३०० किसानले २६ हजार स्याउका बिरुवाको बीमा गरेका छन् ।

 

जुम्लामा सबैभन्दा बढी स्याउको बीमा गरिएको शिखर इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक ऋषिराम पाण्डेले कर्णाली क्षेत्रमै सबैभन्दा धेरै जुम्लामा ५० हजार स्याउको बिरुवाको बीमा गरिएको बताए ।

 

उनले भने, ‘एक जना किसानले एक बिरुवादेखि ७०० बिरुवासम्मको बीमा गरेका छन् । निर्जीवन बीमा कार्यक्रममा सरकारले ७५ प्रतिशत र बीमितले २५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था छ ।’ रासस

कोरोनालाई पाखा लगाउँदै जर्मनी, पसल र विद्यालय खोल्ने तयारी Read Previous

कोरोनालाई पाखा लगाउँदै जर्मनी, पसल र विद्यालय खोल्ने तयारी

वित्तीय कारोबार गर्ने सहकारीका दुई ठूला संस्थाले ब्याजदरमा एकरुपता गर्ने Read Next

वित्तीय कारोबार गर्ने सहकारीका दुई ठूला संस्थाले ब्याजदरमा एकरुपता गर्ने