पेरुकी ३५ वर्षीया ‘रकस्टार’ अर्थमन्त्री, जसले ल्याएको आर्थिक पुनरुत्थान योजनाको विश्वभर चर्चा

हरेकले उनलाई ‘टोनी’ भन्छन् । आमाहरु आफ्ना बच्चाका साथ उनीसँग सेल्फी लिन्छन् । ‘स्ट्रिट हकर’हरु उनको हातमा बाला उपहारस्वरुप लगाइदिन्छन् । कलाकारहरुले उनको चित्र तयार पार्छन् र सामाजिक सञ्जालमा पोस्ट गर्छन् । टेलिभिजनकर्मीहरु अन्तरवार्ता, प्रोफाइन बनाउनका लागि सोध्छन्– मारिया एन्टोनियो अल्भा को हो ?

 

३५ वर्षीया उनी पेरुकी अर्थमन्त्री हुन् जो विनाशकारी महामारीका क्रममा एउटा महत्वाकांक्षी आर्थिक पुनरुत्थान योजना सञ्चालन गरिरहेकी छन् । साना व्यवसायी र सामान्य नागरिकको पुनरुत्थानका लागि उनले प्रशंसा बटुलिरहेकी छन् ।

 

हार्वर्ड विश्वविद्यालयका अर्थशास्त्री एवम् अल्भाका प्रोफेसरसमेत रहेका रिकार्डो हौसमनका अनुसार ल्याटिन दृष्टिकोणमा पेरुले स्पष्ट नेता पाएको छ । टोनी (अल्भा) को स्थानमा अरु कोही भएको भए धेरै फरक परिणाम हुने उनको भनाइ छ । प्रोफेसर रिकार्डोले कोरोनाभाइरसको प्रभाव कम गर्नका लागि पेरुसहित अन्य १० मुलुकका विशेषज्ञको एउटा समूहलाई नेतृत्व गरिरहेका छन् ।

 

विगत एक दशकमा उनले सार्वजनिक योजना र खर्चमा सरकारका लागि काम गरेर अधिकांश समय बिताइन्, जसबाट ५२ अर्ब डलरको राष्ट्रिय बजेट जोगाउन सफल भएको मानिन्छ ।

 

अल्भा गत अक्टोबरमा मात्र नियुक्त भएकी थिइन् । तीव्र रुपमा उनी राष्ट्रपति मार्टिन भिजकाराको मन्त्रिपरिषदको मुख्य व्यक्तिका रुपमा देखा परिन् जो उदाउँदो नेताहरुको पिँढीकै मात्र नभएर हतास जनतालाई भरोसा दिलाउन अधिक समय बिताउँछिन् ।

 

एउटा अर्थमन्त्रीका लागि यतिबेला नीतिगत कुराभन्दा पनि सफलताको दिशामा टिक्न सक्ने हो कि होइन भन्ने कुरा महत्त्वपूर्ण मानिएको छ । केही अर्थशास्त्रीहरु कुल ग्राहस्थ उत्पादनमा १० प्रतिशतभन्दा बढी गिरावटको अनुमान गरिरहेका छन् । दशकौँ मै अहिले सबैभन्दा धेरै बेरोजगार हुने अनुमान छ । यस अतिरिक्त अल्भाले संसदमा लोकप्रिय एजेन्डाहरुका साथ पनि संघर्ष गर्नु परिरहेको छ ।

 

अल्भाका पूर्ववर्ती कार्लोस ओलिभा भन्छन्, ‘संवादका दृष्टिकोणले उनी दक्ष छिन् र अहिलेको सन्दर्भमा यो महत्त्वपूर्ण पनि छ ।’यस क्षेत्रको सहस्त्राब्दी अर्थमन्त्रीहरुको समूहमा अल्भामात्र महिला हुन् । सो समूहमा अर्जेन्टिनाका ३७ वर्षीय मार्टिन गुजमेन, डोमिनिकन गणराज्यका ३५ वर्षीय जुआन एरियल जिमेनेज र इक्वेडरका ३९ वर्षीय रिचर्ड मार्टिनेज छन् ।

 

एउटा अर्थमन्त्रीका लागि यतिबेला नीतिगत कुराभन्दा पनि सफलताको दिशामा टिक्न सक्ने हो कि होइन भन्ने कुरा महत्त्वपूर्ण मानिएको छ । केही अर्थशास्त्रीहरु कुल ग्राहस्थ उत्पादनमा १० प्रतिशतभन्दा बढी गिरावटको अनुमान गरिरहेका छन् । दशकौँ मै अहिले सबैभन्दा धेरै बेरोजगार हुने अनुमान छ । यस अतिरिक्त अल्भाले संसदमा लोकप्रिय एजेन्डाहरुका साथ पनि संघर्ष गर्नु परिरहेको छ ।

अल्भाको प्रारम्भिक ध्यान क्षेत्रीय र स्थानीय अधिकारीद्वारा तीव्र रुपमा खर्च गर्न सक्ने गरी आधारभूत ढाँचामा परिवर्तन ल्याउनु थियो । सार्वजनिक लगानीमा कीर्तिमानी वृद्धि पनि भयो । उनी स्वास्थ्य, शिक्षा र आधारभूत आवश्यकतामा देखिएको कमीलाई हटाउन चाहन्थिन् ।

 

कोरोना संक्रमणको महामारीले चोटमाथि चोट थपिदियो । परिवार तथा व्यवसायका लागि सहायतासहित लकडाउन खोलेर यसै महिना सामान्यीकरणतर्फ लैजाने उनको योजना थियो ।

 

पेरु विश्वविद्यालयमा अध्ययनपछि उनले सन् २०१४ मा हार्वर्डबाट सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरिन् । विगत एक दशकमा उनले सार्वजनिक योजना र खर्चमा सरकारका लागि काम गरेर अधिकांश समय बिताइन्, जसबाट ५२ अर्ब डलरको राष्ट्रिय बजेट जोगाउन सफल भएको मानिन्छ ।

 

सिभिल इन्जिनियर समेत रहेका उनका पिता जर्ज अल्भाका अनुसार मारिया एन्टोनियो अल्भाले पेरुमा एक बच्चा रुपमा चरम गरिबी देखेकी छन् । सानैदेखि उनी यी कुराहरुलाई परिवर्तन गर्न दृढ थिइन् ।

 

इन्स्टिच्यूट अफ पेरुभियन स्टडिजका निर्वाचन प्रमुख पेट्रेसिया जराटेका अनुसार उनी मजबुत छिन् तर आक्रामक होइन । उनका महिला सशक्तिकरणको एउटा अलग्गै उदाहरण देखिने र कामको माध्यमबाट यसलाई प्रकट गर्ने उनको शैली पाइने जराटेको भनाइ छ ।

 

केहीले उनी मन्त्री नियुक्त भएकोमा कटाक्ष पनि गरे । उनको क्षमताभन्दा पनि उनी कसैको छोरी भएकाले मन्त्री नियुक्त हुन पाएको कतिपयको तर्क थियो । तर उनले आफू एक पुरुष भएको भए यसप्रकारको टिप्पणी हुँदैनथ्यो भनेर त्यतिबेला जवाफ दिएकी थिइन् ।

 

पेरु विश्वविद्यालयमा अध्ययनपछि उनले सन् २०१४ मा हार्वर्डबाट सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरिन् । विगत एक दशकमा उनले सार्वजनिक योजना र खर्चमा सरकारका लागि काम गरेर अधिकांश समय बिताइन्, जसबाट ५२ अर्ब डलरको राष्ट्रिय बजेट जोगाउन सफल भएको मानिन्छ ।

 

मन्त्रीका रुपमा केही महिनामै उनले महामारी र यसबाट उत्पन्न समस्याको सामना गर्नु प¥यो । जसअनुसार लकडाउन गरियो र व्यापार–व्यवसायदेखि दैनिक ज्यालादारी गर्नेहरुको दैनिक जीवन दबाबमा पर्न थाल्यो ।

 

पेरु र विदेशका अर्थशास्त्रीसँग परामर्श गर्दै उनले मन्त्रिपरिषदका आफ्ना सहयोगीसँग विचार विमर्श गरिन् । मर्कामा परेकालाई राहत, अनुदान, सहुलियत ऋणजस्ता कयौं विकल्पका लागि आम सहमति निर्माण गरेर उनले जनतामा अभूतपूर्व छाप बनाइन् । यसअघि जस्तोसूकै संकटमा पनि पेरुका जनताले सरकारीस्तरबाट यति सुविधा अनुभूति गर्न पाएका थिएनन् ।

 

३ करोड २० लाख जनसंख्या भएको पेरुमा अन्तर्राष्ट्रियस्तरमा मान्यताप्राप्त आर्थिक संस्थान प्रशस्त छन् । यद्यपि यस क्षेत्रमै स्वास्थ्य एवं शिक्षामा निकै कम लगानी भएको मुलुकमा यो पर्दछ ।

 

हार्वर्डमा छात्रवृत्तिका साथ प्रवेश पाएपछि उनले भारतमा महिलाको शैक्षिक अवसरबारे दुई महिना अध्ययन गरिन् । उनले अर्थमन्त्रालयमा एक सय ५० भन्दा बढीको संख्यामा रहेको समूहसँग आवद्ध भएर बजेटको रेखदेख गर्ने जिम्मेवारी निर्वाह गर्नुअघि शिक्षा मन्त्रालयमा काम गरेकी थिइन् ।

 

मन्त्रीका रुपमा उनको यात्रा सुगम रहेन । राहतमा ढिलाइ, लकडाउनका कारण आय, भोजन र आश्रय नपाएको गुनासो, रोजगारीका लागि विभिन्न सहरमा रहेकाहरु गाउँतर्फ पलायनजस्ता परिस्थिति सुखद् होइन ।

 

सामाजिक सञ्जालमा उनको राजीनामाको चर्चा पनि चल्यो । उनको परिवारले रेस्क्यु प्याकेजबाट लाभ लिएको आरोप पनि लाग्यो । तर उनले आफ्नो आर्थिक अवस्थाबारे सम्पूर्ण विवरण अनलाइनमा रहेको जिकिर गर्दै राजीनामा दिन अस्वीकार गरिन् ।

-ब्लूमबर्गबाट

एभरेष्ट बैंकको मोबाइल एपमा सुविधा थप, ५० भन्दा बढी बैंकमा ट्रान्सफर गर्न सकिने Read Previous

एभरेष्ट बैंकको मोबाइल एपमा सुविधा थप, ५० भन्दा बढी बैंकमा ट्रान्सफर गर्न सकिने

कोरोना भाइरस पश्चात यसरी परिर्वतन हुन सक्नेछ विश्व Read Next

कोरोना भाइरस पश्चात यसरी परिर्वतन हुन सक्नेछ विश्व