हरेकले उनलाई ‘टोनी’ भन्छन् । आमाहरु आफ्ना बच्चाका साथ उनीसँग सेल्फी लिन्छन् । ‘स्ट्रिट हकर’हरु उनको हातमा बाला उपहारस्वरुप लगाइदिन्छन् । कलाकारहरुले उनको चित्र तयार पार्छन् र सामाजिक सञ्जालमा पोस्ट गर्छन् । टेलिभिजनकर्मीहरु अन्तरवार्ता, प्रोफाइन बनाउनका लागि सोध्छन्– मारिया एन्टोनियो अल्भा को हो ?
३५ वर्षीया उनी पेरुकी अर्थमन्त्री हुन् जो विनाशकारी महामारीका क्रममा एउटा महत्वाकांक्षी आर्थिक पुनरुत्थान योजना सञ्चालन गरिरहेकी छन् । साना व्यवसायी र सामान्य नागरिकको पुनरुत्थानका लागि उनले प्रशंसा बटुलिरहेकी छन् ।
हार्वर्ड विश्वविद्यालयका अर्थशास्त्री एवम् अल्भाका प्रोफेसरसमेत रहेका रिकार्डो हौसमनका अनुसार ल्याटिन दृष्टिकोणमा पेरुले स्पष्ट नेता पाएको छ । टोनी (अल्भा) को स्थानमा अरु कोही भएको भए धेरै फरक परिणाम हुने उनको भनाइ छ । प्रोफेसर रिकार्डोले कोरोनाभाइरसको प्रभाव कम गर्नका लागि पेरुसहित अन्य १० मुलुकका विशेषज्ञको एउटा समूहलाई नेतृत्व गरिरहेका छन् ।
विगत एक दशकमा उनले सार्वजनिक योजना र खर्चमा सरकारका लागि काम गरेर अधिकांश समय बिताइन्, जसबाट ५२ अर्ब डलरको राष्ट्रिय बजेट जोगाउन सफल भएको मानिन्छ ।
अल्भा गत अक्टोबरमा मात्र नियुक्त भएकी थिइन् । तीव्र रुपमा उनी राष्ट्रपति मार्टिन भिजकाराको मन्त्रिपरिषदको मुख्य व्यक्तिका रुपमा देखा परिन् जो उदाउँदो नेताहरुको पिँढीकै मात्र नभएर हतास जनतालाई भरोसा दिलाउन अधिक समय बिताउँछिन् ।
एउटा अर्थमन्त्रीका लागि यतिबेला नीतिगत कुराभन्दा पनि सफलताको दिशामा टिक्न सक्ने हो कि होइन भन्ने कुरा महत्त्वपूर्ण मानिएको छ । केही अर्थशास्त्रीहरु कुल ग्राहस्थ उत्पादनमा १० प्रतिशतभन्दा बढी गिरावटको अनुमान गरिरहेका छन् । दशकौँ मै अहिले सबैभन्दा धेरै बेरोजगार हुने अनुमान छ । यस अतिरिक्त अल्भाले संसदमा लोकप्रिय एजेन्डाहरुका साथ पनि संघर्ष गर्नु परिरहेको छ ।
अल्भाका पूर्ववर्ती कार्लोस ओलिभा भन्छन्, ‘संवादका दृष्टिकोणले उनी दक्ष छिन् र अहिलेको सन्दर्भमा यो महत्त्वपूर्ण पनि छ ।’यस क्षेत्रको सहस्त्राब्दी अर्थमन्त्रीहरुको समूहमा अल्भामात्र महिला हुन् । सो समूहमा अर्जेन्टिनाका ३७ वर्षीय मार्टिन गुजमेन, डोमिनिकन गणराज्यका ३५ वर्षीय जुआन एरियल जिमेनेज र इक्वेडरका ३९ वर्षीय रिचर्ड मार्टिनेज छन् ।
एउटा अर्थमन्त्रीका लागि यतिबेला नीतिगत कुराभन्दा पनि सफलताको दिशामा टिक्न सक्ने हो कि होइन भन्ने कुरा महत्त्वपूर्ण मानिएको छ । केही अर्थशास्त्रीहरु कुल ग्राहस्थ उत्पादनमा १० प्रतिशतभन्दा बढी गिरावटको अनुमान गरिरहेका छन् । दशकौँ मै अहिले सबैभन्दा धेरै बेरोजगार हुने अनुमान छ । यस अतिरिक्त अल्भाले संसदमा लोकप्रिय एजेन्डाहरुका साथ पनि संघर्ष गर्नु परिरहेको छ ।

अल्भाको प्रारम्भिक ध्यान क्षेत्रीय र स्थानीय अधिकारीद्वारा तीव्र रुपमा खर्च गर्न सक्ने गरी आधारभूत ढाँचामा परिवर्तन ल्याउनु थियो । सार्वजनिक लगानीमा कीर्तिमानी वृद्धि पनि भयो । उनी स्वास्थ्य, शिक्षा र आधारभूत आवश्यकतामा देखिएको कमीलाई हटाउन चाहन्थिन् ।
कोरोना संक्रमणको महामारीले चोटमाथि चोट थपिदियो । परिवार तथा व्यवसायका लागि सहायतासहित लकडाउन खोलेर यसै महिना सामान्यीकरणतर्फ लैजाने उनको योजना थियो ।
पेरु विश्वविद्यालयमा अध्ययनपछि उनले सन् २०१४ मा हार्वर्डबाट सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरिन् । विगत एक दशकमा उनले सार्वजनिक योजना र खर्चमा सरकारका लागि काम गरेर अधिकांश समय बिताइन्, जसबाट ५२ अर्ब डलरको राष्ट्रिय बजेट जोगाउन सफल भएको मानिन्छ ।
सिभिल इन्जिनियर समेत रहेका उनका पिता जर्ज अल्भाका अनुसार मारिया एन्टोनियो अल्भाले पेरुमा एक बच्चा रुपमा चरम गरिबी देखेकी छन् । सानैदेखि उनी यी कुराहरुलाई परिवर्तन गर्न दृढ थिइन् ।
इन्स्टिच्यूट अफ पेरुभियन स्टडिजका निर्वाचन प्रमुख पेट्रेसिया जराटेका अनुसार उनी मजबुत छिन् तर आक्रामक होइन । उनका महिला सशक्तिकरणको एउटा अलग्गै उदाहरण देखिने र कामको माध्यमबाट यसलाई प्रकट गर्ने उनको शैली पाइने जराटेको भनाइ छ ।
केहीले उनी मन्त्री नियुक्त भएकोमा कटाक्ष पनि गरे । उनको क्षमताभन्दा पनि उनी कसैको छोरी भएकाले मन्त्री नियुक्त हुन पाएको कतिपयको तर्क थियो । तर उनले आफू एक पुरुष भएको भए यसप्रकारको टिप्पणी हुँदैनथ्यो भनेर त्यतिबेला जवाफ दिएकी थिइन् ।
पेरु विश्वविद्यालयमा अध्ययनपछि उनले सन् २०१४ मा हार्वर्डबाट सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरिन् । विगत एक दशकमा उनले सार्वजनिक योजना र खर्चमा सरकारका लागि काम गरेर अधिकांश समय बिताइन्, जसबाट ५२ अर्ब डलरको राष्ट्रिय बजेट जोगाउन सफल भएको मानिन्छ ।
मन्त्रीका रुपमा केही महिनामै उनले महामारी र यसबाट उत्पन्न समस्याको सामना गर्नु प¥यो । जसअनुसार लकडाउन गरियो र व्यापार–व्यवसायदेखि दैनिक ज्यालादारी गर्नेहरुको दैनिक जीवन दबाबमा पर्न थाल्यो ।
पेरु र विदेशका अर्थशास्त्रीसँग परामर्श गर्दै उनले मन्त्रिपरिषदका आफ्ना सहयोगीसँग विचार विमर्श गरिन् । मर्कामा परेकालाई राहत, अनुदान, सहुलियत ऋणजस्ता कयौं विकल्पका लागि आम सहमति निर्माण गरेर उनले जनतामा अभूतपूर्व छाप बनाइन् । यसअघि जस्तोसूकै संकटमा पनि पेरुका जनताले सरकारीस्तरबाट यति सुविधा अनुभूति गर्न पाएका थिएनन् ।

३ करोड २० लाख जनसंख्या भएको पेरुमा अन्तर्राष्ट्रियस्तरमा मान्यताप्राप्त आर्थिक संस्थान प्रशस्त छन् । यद्यपि यस क्षेत्रमै स्वास्थ्य एवं शिक्षामा निकै कम लगानी भएको मुलुकमा यो पर्दछ ।
हार्वर्डमा छात्रवृत्तिका साथ प्रवेश पाएपछि उनले भारतमा महिलाको शैक्षिक अवसरबारे दुई महिना अध्ययन गरिन् । उनले अर्थमन्त्रालयमा एक सय ५० भन्दा बढीको संख्यामा रहेको समूहसँग आवद्ध भएर बजेटको रेखदेख गर्ने जिम्मेवारी निर्वाह गर्नुअघि शिक्षा मन्त्रालयमा काम गरेकी थिइन् ।
मन्त्रीका रुपमा उनको यात्रा सुगम रहेन । राहतमा ढिलाइ, लकडाउनका कारण आय, भोजन र आश्रय नपाएको गुनासो, रोजगारीका लागि विभिन्न सहरमा रहेकाहरु गाउँतर्फ पलायनजस्ता परिस्थिति सुखद् होइन ।
सामाजिक सञ्जालमा उनको राजीनामाको चर्चा पनि चल्यो । उनको परिवारले रेस्क्यु प्याकेजबाट लाभ लिएको आरोप पनि लाग्यो । तर उनले आफ्नो आर्थिक अवस्थाबारे सम्पूर्ण विवरण अनलाइनमा रहेको जिकिर गर्दै राजीनामा दिन अस्वीकार गरिन् ।
-ब्लूमबर्गबाट