कोरोना भाइरसले विश्वमा हलचल मच्चाइरहेको छ । यसको अन्त्य कहिले हुन्छ भन्ने कुराको संकेत पनि अझैसम्म पाउन सकिएको छैन । आर्थिक तथा गैर आर्थिक क्षेत्रहरुमा यसको पूर्ण प्रभावको मुल्याङ्कन पनि अझै गर्न सक्ने अवस्था छैन । तर, बिभिन्न क्षेत्रमा बिश्लेषकहरु अबको विश्व कोरोना भन्दा अघिको विश्व भन्दा धेरै फरक हुने तर्क गर्न थालेका छन् । यहाँ केही त्यस्तै संभावित परिर्वतनहरुको बारेमा चर्चा गरिएको छ ।
राज्य फर्कियो, तर कसरी ?
राज्यको केन्द्रियता सम्बन्धी बहसले केही आराम पाएकोे छ । लोकतान्त्रिक वा अधिनायकवादी चरित्र भएका राज्य मध्ये कसले भाइरसको नियन्त्रणमा प्रभावकारी काम गरे भन्ने बहस भन्दा पनि कस्तो खाले राज्यको आवश्यकता भन्ने प्रश्न महत्वपूर्ण हुन आएको छ ।
दक्षिण कोरिया र ताइवानले एकदमै प्रभावरकारी ढंगले काम गरेका छन् । यसका अलावा यी दुवै देशका राज्यप्रति जनताहरुको अत्याधिक भरोसा छ । चीनको हकमा राज्य प्रति मानिसहरुको विश्वास र भरोसा कति भन्ने प्रश्न शंकाको घेरा छ । भाइरसको नियन्त्रणका लागि उसले गरेको कामहरु पनि शंकाको घेरामै छन् ।
बिषयलाई जसरी हेरे पनि राज्यको भूमिका फर्किएको छ । कोरोना भाइरस पनि बलियो, प्रभावकारी र जनताको विश्वास जितेको राज्यको आवश्यकता महशुस हुने देखिएको छ ।
सार्वजनिक स्वास्थ्य सुरक्षा
राज्यहरुले रणनीतिक ढंगले खाद्य स्टक, पेट्रोलियम, उर्जा लगायत वस्तुहरुको भन्डारण गरेका भएपनि भ्याकसिनहरु, प्यारासिटामोल, मास्कलगायत स्वास्थ्य सेवा सम्बन्धित वस्तुहरुको भने उल्लेख्य भन्डारण गरेका रहेनछन् भन्ने कुरा यो महामारीले उजागर गरिदिएको छ ।
अर्को शब्दमा भन्दा सार्वजनिक स्वास्थ्य सुरक्षालाई धनी देशहरुले समेत प्राथमिकतामा राखेका रहेनछन् । अबको विश्वमा सार्वजनिक स्वास्थ्य सम्बन्धी वस्तुहरुले खाद्य भन्डारणलाई उछिन्ने छन् र राष्ट्रिय सुरक्षा हाराहारीको प्राथमिकता पाउनेछन् ।
क्षत्रीय मूल्य श्रंखला प्राथमिकतामा पर्नेछन्
कोरोना भाइरसको महामारीले हाम्रो विश्वव्यापी मूल्य श्रंखला तरबारको धारमा हिँडिरहेको तथ्य उजागर गरिदिएको छ । अब धेरै उर्जा मूल्य श्रंखलालाई भू–रणनीतिक बनाउने तर्फ खर्च हुनेछन् , फगत आर्थिक दृष्टिकोण मात्र भन्दा पनि ।
भू–रणनीतिक क्राइटेरियामा आधारित क्षेत्रीय मूल्य श्रंखलाको माध्यमबाट रणनीतिक वस्तु र सेवाहरुको उत्पादन प्राथमिकतामा पर्नेछन् ।
गरिबलाई सामाजिक सुरक्षा
कोरोना भाइरसको आर्थिक प्रभाव अत्यन्तै ठूलो हुने निश्चित छ । यो महामारी भन्दा पहिल्यै पनि प्राय सबै देशहरुमा आर्थिक असमानता उच्च थिए ।
भाइरसका महामारीले कसरी समाजका बिभिन्न वर्गलाई फरक फरक ढंगले प्रभाव पार्छ भन्ने उजागर गरिदिएको छ । अमेरिकामा महामारीले काला वर्णका गरिब मानिसहरुलाई धेरै प्रभाव पारेको छ भने अन्य देशहरुमा मजदुरहरुलाई धेरै प्रभाव पारेको छ ।
त्यसैले कोरोना पछिको विश्वमा सामाजिक सुरक्षालाई प्रभावकारी बनाउने बिषयले धेरै चर्चा पाउनेछ र यसले खाना, नाना, छाना मात्र नभएर शिक्षा र स्वास्थ्यलाइ पनि समेट्नेछ । भायरसको महामारीले सामाजिक सुरक्षा सम्बन्धि चासोलाई धारिलो बनाइदिएको छ ।
दिगो विकास लक्ष्यको पुर्नमूल्याङ्कन हुनेछ
दिगो विकासको लक्ष्य धेरै माथापच्छी पछि सन् २०३० सम्म भेट्ने गरि तय गरिएको थियो । सबैलाई स्वस्थ जिवन र सम्बृद्धिको लक्ष्य राखिएको थियो । तर, कोरोना भाइरसको पूर्ण प्रभाव मूल्याङ्कन नगरि त्यस्ता लक्ष्यहरुको बारेमा चर्चा गर्न नसकिने भएको छ ।
गरिब देशहरुको साधन र स्रोतहरुको पुर्नमूल्याङ्कन गरेर तोकिएको समय सिमा भित्रै दिगो विकासको लक्ष्य प्राप्त गर्न सकिनछ कि सकिदैंन भन्ने तय गरिनुपर्ने भएको छ ।
भू–राजनीति
यस्तो महामारीको समयमा सबै देशहरुले आफ्ना फरकपनाहरुलाई बिर्सदैं सामूहित हितको लागि काम गर्ने प्रयास गर्नुपर्दछ । तर, यस्तो भइरहेको जस्तो देखिदैंन ।
भाइरसको महामारी पछि शक्ति संघर्ष, राष्ट्रिय स्वार्थ र कच्चा भू–राजनीतिले विश्वलाई गाँज्न सक्नेछ ।
एजेन्सी