खर्च धान्न नसक्ने भएपछि अमेरिकाले इतिहासकै धेरै ३० खर्ब डलर ऋण लिने

कोरोनाका कारण समग्र अर्थतन्त्र नै प्रभावित भएपछि अमेरिकाले यो वर्षको दोस्रो त्रैमासिकमा ३० खर्ब अमेरिकी डलर ऋण लिने भएको छ ।

 

कोरोनाका कारण सरकारी स्रोतले सरकारी खर्च धान्न नसक्ने भएपछि अमेरिकाले ३० खर्ब डलर ऋण लिन लागेको हो ।

 

यो ऋण अमेरिकी इतिहासकै धेरै रहेको जनाइएको छ। यो सन् २००८ को आर्थिक मन्दीका बेला लिइएको सापटीभन्दा पाँच गुणा धेरै हो ।

 

ऋण रकमले कोरोना भाइरसको रोकथाम नियन्त्रण र राहतको खर्च धान्ने छ । अमेरिकाले सन् २०१९ मा १२ खर्ब ८० अर्ब अमेरिकी डलर ऋण लिएको थियो ।

 

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकाले स्वास्थ्य क्षेत्रमा खर्बौै रुपैयाँ खर्च गरिरहेको छ । अमेरिकाको अहिलेको राष्ट्रिय ऋण २५० खर्ब डलर छ ।

 

अमेरिकी सरकारले कोरोनाबाट ध्वस्त भएको अर्थतन्त्र उकास्न तथा नागरिको जीवनयापनका लागि कुल जीडीपीको १४ प्रतिशत रकम राहत स्वरुप खर्च गरिसकेको छ ।
-बीबीसी

एसईई परीक्षा नलिई विद्यार्थीलाई प्रमाणपत्र दिन प्याबसनको माग Read Previous

एसईई परीक्षा नलिई विद्यार्थीलाई प्रमाणपत्र दिन प्याबसनको माग

पेट्रोलको नाफा कोरोनासँग लड्न प्रयोग हुने, मूल्य नघटाउने मन्त्रीको घोषणा Read Next

पेट्रोलको नाफा कोरोनासँग लड्न प्रयोग हुने, मूल्य नघटाउने मन्त्रीको घोषणा