किसानको सारथी बन्दै सहकारी, घरघरमै मल र बीउ पुर्‍याउँदै

झापा भद्रपुर नगरपालिका–४ स्थित साना किसान सहकारी संस्थाले किसानको घरघरमा मल र बीउ पुर्याउन थालेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन लम्बिएपछि किसानलाई बर्खेखेतीका लागि आवश्यक पर्ने मल, बीउ सहकारीले घरघरमा पुर्याउन थालेको हो ।

 

किसानलाई बर्खेबाली लगाउन सहज होस् भनेर संस्थाले आफ्ना सदस्य र गैरसदस्य किसानको घरघरमा मल, बीउ पुर्याउन थालेको संस्थाका अध्यक्ष मदनबहादुर बस्नेतले जानकारी दिए ।

 

‘सेवा क्षेत्र रहेको भद्रपुर वडा नं ४, ६ र ७ का किसानलाई घरघरमै मल र बीउ पुर्याउन शुरु गरिएको छ,’ उनले भने, ‘लकडाउनका बेला किसानलाई केही भए पनि सहयोग मिल्ने विश्वास छ ।’

 

संस्थाले पहिलो चरणमा २०० बोरा डीएपी मल र १०० बोरा उन्नत जातको धानको बीउ सहुलियत मूल्यमा उपलब्ध गराएको छ । संस्थाले कृषि सामग्री संस्थान दमकस्थित कार्यालय र वीरगञ्जबाट मल, बीउ ल्याएर वितरण गरेको हो ।

 

समयमै मल, बीउ उपलब्ध गराउन नसकिए उत्पादन घट्ने भएकाले थप मल, बीउ ल्याएर वितरण गर्ने योजना रहेको संस्थाले जनाएको छ ।रासस

बिक्नै छाड्यो ग्यास, खपत ४० प्रतिशतले घट्यो Read Previous

बिक्नै छाड्यो ग्यास, खपत ४० प्रतिशतले घट्यो

साना तथा मझौला व्यवसायको सहयोगका लागि दराजले ल्यायो ५५ लाखको आर्थिक सहायता कोष Read Next

साना तथा मझौला व्यवसायको सहयोगका लागि दराजले ल्यायो ५५ लाखको आर्थिक सहायता कोष