सानिमा लाइफको नाफामा सामान्य सुधार, व्यवसाय १३० प्रतिशतले विस्तार

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ७ करोड ६९ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

 

यो गत आवको सोही अवधिको तुलनामा १ लाख ५५ हजार रुपैयाँ बढी हो। कम्पनीले गत वर्षको चैत मसान्तसम्ममा ७ करोड ६८ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

 

समीक्षा अवधिमा इन्स्योरेन्सले ५७ करोड ५८ लाख ४४ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १३० प्रतिशत बढी बीमा शुल्क संकलन गरेको हो। गत वर्षको यसै अवधिमा इन्स्योरेन्सले २४ करोड ९५ लाख ७४ हजार रुपैययाँ बराबरको बीमा शुल्क आर्जन गरेको थियो ।

 

कम्पनीले १४ लाख ९९ हजार खुद दाबी भुक्तानी गरेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सले अभिकर्ता कमिशनबापत ११ करोड २७ लाख ९२ हजार रुपैयाँ खर्च गरेको छ।

 

कम्पनीको जगेडा कोषमा ११ करोड ८७ लाख ५९ हजार रुपैयाँ संचित छ भने जीवन बीमा कोषमा ७७ करोड २३ लाख ७५ हजार रुपैयाँ र महाविपत्ती कोषमा १ करोड ३१ लाख ९५ हजार रुपैयाँ छ।

 

समीक्षा अवधिसम्ममा इन्स्योरेन्सले बीमालेख धितोमा २ करोड १० लाख ८९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ। चैत मसान्तसम्ममा इन्स्योरेन्सले २० दाबीबापत ९२ लाख ७ हजार रुपैयाँ भुक्तानी गरिसकेको छ। इन्स्योरेन्सले हालसम्म १ अर्ब १० करोड ८८ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरिसकेको छ।

 

हाल १ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सले ६० करोड बराबरको आइपीओ ल्याउने तयारीमा छ ।

आगामी बजेट कस्तो आउनुपर्छ ? यस्तो छ पूर्वअर्थमन्त्रीहरुको सुझाव Read Previous

आगामी बजेट कस्तो आउनुपर्छ ? यस्तो छ पूर्वअर्थमन्त्रीहरुको सुझाव

कोरोनाबाट तंग्रिने प्रयासमा युरोपेली देश, यसरी बनाउँदै छन् लकडाउन खुकुलो Read Next

कोरोनाबाट तंग्रिने प्रयासमा युरोपेली देश, यसरी बनाउँदै छन् लकडाउन खुकुलो