डिशहोमले १ महिना सबै च्यानल निःशुल्क उपलब्ध गराउने

काठमाडौं । डिशहोमले १ महिनासम्मका आफ्ना सबै च्यानल निःशुल्क उपलब्ध गराउने भएको छ ।

 

डिश मिडिया नेटवर्कले विगत ६ महिनादेखि विभिन्न कारणले रिचार्ज गर्न नसकी डिसहोमको सेवा नलिएका ग्राहकका लागि वैशाख २१ देखि ३० दिनसम्म २०८ वटै च्यानल निःशुल्क उपलब्ध गराउने भएको छ ।

 

कम्पनीले रिचार्ज गर्न नसक्ने ग्राहकका लागि यस्तो व्यवस्था गरेको जानकारी गराएको छ । डिसहोमले निःशुल्क टोल फ्रि नम्बर १६६००१२२००० र एनसेलको प्रयोगकर्ताको लागि ९८०११५५००० उपलब्ध गराएको छ ।

 

ग्राहकहरूले आफ्नो नाम, फोन नम्बर र ठेगाना टिपाउने ग्राहकलाई बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म र नजिकैको घरैमा बसेका डिलर दाइ मार्फत् घरैमा रिचार्ज गर्न सक्छन् ।

 

विश्वव्यापी रूपमा कोरोना भइरहेको महामारीका कारण देश भार लकडाउन गरिएका कारण अधिकांश मानिस घरमा बस्न बाध्य रहेको समयमा रिचार्जको सुविधा नपएर रिचार्ज गर्न नपाएका ग्राहकहरूलाई मध्यनजर गरी यो कार्यक्रम घोषणा गरेको हो ।

नेपाल लाइफ २०औं वर्षमा प्रवेश, स्वास्थ्कर्मीलाई साढे ८ लाखको सामग्री सहयोग Read Previous

नेपाल लाइफ २०औं वर्षमा प्रवेश, स्वास्थ्कर्मीलाई साढे ८ लाखको सामग्री सहयोग

बीमा शुल्क बुझाउने अवधि जेठ मसान्तसम्म थप Read Next

बीमा शुल्क बुझाउने अवधि जेठ मसान्तसम्म थप