काठमाडौं । सरकारले संघीय संसद्को बजेट अधिवेशन वैशाख २६ गते बोलाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गते दिउँसो ४ बजे बजेट अधिवेशन बोलाउने निर्णय गरेको हो ।
संवैधानिक व्यवस्था अनुसार सरकारले हरेक वर्ष जेठ १४ गते नयाँ आर्थिक वर्षको बजेट ल्याउनुपर्ने प्रावधान छ ।
त्यसैले बजेटअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र छलफल गरी पारित गर्नुपर्ने हुन्छ ।