विश्वकै ठूलो तेल निर्यातकर्ता साउदी अरब आर्थिक संकटमा, विदेशी मुद्रा सञ्चिती २० वर्ष यताकै कम

काठमाडौं। विश्वकै ठूलो तेल निर्यातकर्ता मुलुक साउदी अरेबियाको अर्थव्यवस्था संकटमा परेको छ । कोरोना भाइरसका कारण साउदी अरबको विदेशी मुद्रा सञ्चिती पनि २० वर्षयताकै सबैभन्दा तल्लो विन्दुमा पुगेको वित्तमन्त्री मोहम्मद अल जदानले बताएका छन् ।

 

अल अरबिया टीभीसँगको अन्तर्वार्तामा वित्तमन्त्री अल जदानले तेलको मागसँगै मूल्यमा आएको भारी गिरावटका कारण आफ्नो विदेशी सम्पत्ती ४६४ अर्ब डलरले घटेको बताए ।

 

‘कोरोनाको असर यो वर्ष दोस्रो त्रैमासको अर्थव्यवस्थामा स्पष्ट रुपमा देखिनेछ’, उनले भने, ‘साउदको वित्त मामिलाहरुमा टाइट गरिनेछ ता कि सबै कुरा अझै अनुशासित होस्।’

 

मार्चमा साउदी अरबको विदेशी सम्पत्तिमा ४६४ अर्ब डलरको गिरावट आएको छ।साउदी अबरको केन्द्रीय बैंकले विदेशी मुद्रा भण्डारमा आएको यो गिरावट पछिल्लो २० वर्षयताकै सबैभन्दा बढी हो। यसअघि सन् २०११ पनि यो सबैभन्दा तल्लोस्तरमा थियो।

 

तेलको मूल्यमा आएको गिरावटपछि पहिलो त्रैमासमा ९ अर्ब डलरको बजेट घाटा साउदीले व्यहोरेको थियो। यो वर्षको सुरुआतमा तेलको मूल्य ६० डलर प्रतिब्यारल रहेकोमा अहिले २० डलर प्रतिव्यारलमा झरेको छ।

 

तेलको मूल्यमा आएको गिरावटले पहिलो त्रैमासमा ९ अर्ब बिलियन डलरको बजेट घाटा रहेको छ। जादानले गत महिना भनेका थिए कि साउदी अरेबियाले आफ्नो विदेशी विनिमय सञ्चितलाई सन्तुलित राख्न यस वर्ष २६ अर्ब डलर ऋण लिन सक्छ।

-एजेन्सी

बजेट बहस : लहडमा होइन यथार्थ धरातलमा रहेर बजेट ल्याउनुपर्छ, फजुल खर्च रोक्न 'बोल्ड डिसिजन' आवश्यक Read Previous

बजेट बहस : लहडमा होइन यथार्थ धरातलमा रहेर बजेट ल्याउनुपर्छ, फजुल खर्च रोक्न 'बोल्ड डिसिजन' आवश्यक

विमानसेवाले कोरोना भाइरससँग लड्दै कहिले र कसरी उडान सुरु गर्लान ? Read Next

विमानसेवाले कोरोना भाइरससँग लड्दै कहिले र कसरी उडान सुरु गर्लान ?