भाटभटेनीलाई सामान दिने काष्ठमण्डप खाद्यलाई ३ लाख जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद नाघेको तयारी खाद्य वस्तु विक्री गरेको भन्दै टेकुस्थित काष्ठमण्डप खाद्य उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ ।

 

विभागले बिहीबार गरेको अनुगमनको क्रममा उद्योगले म्याद नाघेका खाद्यवस्तु विक्री गरेको भेटाएको हो ।कम्पनीलाई उपभोक्ता संरक्षण ऐन २०७५ को १ (२ क) बमोजिम अनुचित क्रियाकलाप गरेको आरोपमा कारवाही गरिएको विभागले जनाएको छ ।

 

काष्ठमण्डपले बुधबार एक विज्ञप्ति जारी गरी भाटभटेनी सुपरमार्केटले लाखमरीमा बढी मूल्य लिएको गल्तीको जिम्मा आफूले लिएको थियो ।आफूले अधिकतम खुद्रा मुल्यको स्टीकर टाँस्ने बेलामा गल्ती भएकाले भाटभटेनी निर्दोष रहेको कम्पनीका अनिलदास राजकर्णिकारले बताएका थिए ।

 

यसैबीच, वाणिज्य विभागले कोटेस्वरस्थित बिके स्टोर्सलाई सुकुमेलमा बढी मूल्य लिई विक्री गरेकोमा २ लाख रुपैयाँ जरिवाना गरेको छ ।

 

२०७६ चैत ११ देखि २०७७ बैशाख १७ गतेसम्मको अवधिमा विभागले १ हजार गुनासो प्राप्त गरेको, ९१ अनुगमन गरेको र करीब ४८ लाख रुपैयाँ जरिवाना गरेको बताएको छ ।

आइडिया स्टुडियोको नयाँ  आइडिया :  एक कल फोनमै विद्युतीय सामग्री मर्मतदेखि घरघरमै तरकारी Read Previous

आइडिया स्टुडियोको नयाँ आइडिया : एक कल फोनमै विद्युतीय सामग्री मर्मतदेखि घरघरमै तरकारी

घरभाडा छुट सँगै सुलभ ऋणको व्यवस्था गर्न होटल एशोसिएसन नेपालको माग Read Next

घरभाडा छुट सँगै सुलभ ऋणको व्यवस्था गर्न होटल एशोसिएसन नेपालको माग