अब एनआईसी एशियाको अनलाइन प्रणालीबाट कोरोना बीमालेख किन्न सकिने

काठमाडौं । कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने जोखिम न्यूनिकरणका लागि नेपालका बीमा कम्पनीहरूले कोरोना भाइरससम्बन्धी बीमालेख जारी गर्न थालेका छन्।

 

यो महामारीको समयमा बीमालेख किन्न कठिनाई हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै एनआइसी एशिया बैंकले उक्त सेवालाई सहज बनाउन डिजिटल पोर्टल सञ्चालन गरेको छ ।

 

बीमा किन्नका लागि अनलाईनमार्फत छुट्टै पोर्टल नभएको अवस्थामा बैंकले डिजिटल पोर्टल  https://covid19.nicasiabank.com  मार्फत नवीनतम प्रयोग थालेको बैंकले बताएको छ।

 

बैंकको मोबाइल बैकिङ्ग एवं वेबसाइट वा सिधैं उक्त पोर्टललाई आफ्नो वेब ब्राउजरमा खोलेर सो बैंकको मोबाइल बैकिङ्ग वा ईन्टरनेट बैंकिङ्गबाट भुक्तानी गरी ग्राहकले घरमै बसी अनलाईनबाटै बीमालेख किन्न सक्छन्।

 

बैंकले आफ्ना ग्राहकलाई यस्तो विपत्तीको बेलामा सहज तरिकाले बीमालेख खरिदको अभ्यास गराउनका लागि यो सेवा प्रारम्भ गरेको हो।कोरोना भाइरस बीमालेखमा दुई श्रेणीको बीमांक कायम गरिएको छ।

 

जसअन्तर्गत पहिलो श्रेणीको बीमालेख १ लाख रुपैयाँ र दोस्रो श्रेणीको बीमालेख ५० हजार रहेको छ।यसलाई किन्न प्रतिव्यक्ति क्रमशः १ हजार र ५ सय लाग्ने बैंकले जानकारी दिएको छ।

 

पारिवारिक वा संस्थागत रुपमा बीमा गर्नु परेमा प्रतिव्यक्ति क्रमशः ६सय र ३ सय रुपैयाँमा यस्ता बीमांकहरू किन्नसक्ने व्यवस्था छ।

कोरोना पछि अर्थतन्त्र उकास्न कृषिलाई पहिलो प्राथमिकता दिनुपर्ने Read Previous

कोरोना पछि अर्थतन्त्र उकास्न कृषिलाई पहिलो प्राथमिकता दिनुपर्ने

आइडिया स्टुडियोको नयाँ  आइडिया :  एक कल फोनमै विद्युतीय सामग्री मर्मतदेखि घरघरमै तरकारी Read Next

आइडिया स्टुडियोको नयाँ आइडिया : एक कल फोनमै विद्युतीय सामग्री मर्मतदेखि घरघरमै तरकारी