अमेरिकाको अर्थतन्त्रमा २००८ यताकै ठूलो गिरावट

कोरोना भाइरसको प्रभावका कारण अमेरिकी अर्थतन्त्रमा सन् २००८ को आर्थिक मन्दी यताकै ठूलो गिरावट आएको छ । बुधबार सार्वजनिक यस वर्ष (२०२०)को प्रथम त्रैमासिकमा अमेरिकाको आर्थिक वृद्धि  ४.८ प्रतिशतले गिरावट आएको छ।

 

सन् २००७ देखि २००९ सम्मको आर्थिक मन्दीपछि अमेरिकाको अर्थव्यवस्थामा यति ठूलो गिरावट आएको यो पहिलो पटक हो भने सन् २०१४ पछिको पहिलो गिरावट हो । सन् २००८ मा अमेरिकाको आर्थिक वृदिद्धर ८.४ प्रतिशतले गिरावट आएको थियो ।

फेडेरल रिजर्भका प्रमुख जेरोम एच पावेलले आगामी दिनमा अमेरिकाको अर्थतन्त्र झन् कमजोर हुने बताएका छन्। लकडाउनका कारण ठप्प बजार, व्यवसायलाई उनलाई प्रमुख कारक मानेका छन्। उनले भनेका छन्,‘एक पछि अर्को मानिसले रोजगार गुमाउनु पीडादायी कुरा हो। यसको प्रत्यक्ष प्रभाव गरिबहरुलाई पर्छ।’

 

पहिलो त्रैमासिकमा त्यहाँको घरेलु खर्चमा ७.६ प्रतिशतले गिरावट आएको छ भने व्यापार लगानी ८.६ प्रतिशत खस्किएको छ। झण्डै २ करोड ६० लाख मानिसले रोजगार गुमाएका छन्।

अमेरिकालाई सन् १९३० दशकको ‘द ग्रेट डिप्रेसन’बाट बाहिर निस्कन करिब एक दशक लागेको थियो। त्यस्तै सन् २००८ को आर्थिक मन्दीबाट उक्लन तीन वर्ष लागेको थियो।

अस्ट्रेलिया सरकारले राहत स्वरुप नेपाली विद्यार्थीलाई प्रतिव्यक्ति १,१०० डलर दिने Read Previous

अस्ट्रेलिया सरकारले राहत स्वरुप नेपाली विद्यार्थीलाई प्रतिव्यक्ति १,१०० डलर दिने

एडीबीद्वारा नेपाललाई ३० अर्ब सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने Read Next

एडीबीद्वारा नेपाललाई ३० अर्ब सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने