चेम्बर अफ कमर्शको सुझाव : यस्ता छन् थङथिलो भएको पर्यटन क्षेत्र उकास्न सरकारले गर्नुपर्ने काम

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले कोरोना भाइरसबाट अति प्रभावित प्रभावित पर्यटन उद्योगको पुनरुत्थानका सरकारलाई योजनाबद्ध ढंगले कदम चाल्न आग्रह गरेको छ ।

 

चेम्बरले उद्योग व्यवसाय, रोजगारी, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा अत्यन्तै प्रतिकूल प्रभाव परेको भन्दै त्यसको पुनरुत्थान गर्न विभिन्न राहतमूलक कार्यक्रम ल्याउन आग्रह गरेको छ ।

 

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले संस्कृित, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई भेटेर पर्यटन क्षेत्रलाई उकास्‍न १८ बुँदे सुझाव दिएका छन् । जुन निम्म अनुसार छन् :

 

पर्यटन प्रवद्र्धनतर्फ  :

 

१.आन्तरिक पर्यटन तर्फ कोरोनाको प्रभाव कम हुने वित्तिकै अघि बढाउनु आवश्यक छ र यसका लागि सरकारले अनिवार्य रुपमा वर्षको एक पटक निजामती तथा संगठित संस्थाका कर्मचारीहरु र आम नागरिकहरुलाई प्रोत्साहन प्याकेज सहित आन्तरिक भ्रमणको लागि प्रेरित गर्न र निजी क्षेत्रलाई पनि प्याकेजहरु मार्फत केही छुट दिएर आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने वातावरण बनाउनु पर्छ ।

 

२. हाल चीनमा कोरोनाको प्रकोप क्रमशः नियन्त्रण हुँदै गएको सन्दर्भमा आउँदो सेप्टेम्बर–अक्टोबर महिनामा सुरु हुने पर्यटकीय सिजनमा चीनका विभिन्न शहरबाट पर्यटक भित्राउनेतर्फ सरकारी स्तरमै पहल गरिनु पर्ने ।

 

३. नेपाल एअरलाइन्स, हिमालयन एअरलाइन्स र चाइनिज एअरलाइन्सहरुले चीनको बिभिन्न शहरबाट प्रतिस्पर्धी प्याकेजमा पर्यटकहरु भित्राउने तर्फ पहल गरिनु पर्ने ।

 

४.  पर्यटन प्रवद्र्धन गर्न निजी क्षेत्रले पनि Cost to Cost basis मा होटल लगायत अन्य पर्यटकीय सुविधा प्रदान गर्न सुनिश्चितता प्रदान गर्ने गरी अधिकतम पर्यटक ल्याउने गरी तयारी गरिनु पर्छ ।

 

५. पर्यटन क्षेत्रमा डिसइन्फेक्सनलाई पहिलो प्राथमिकतामा राखि अनिवार्य गर्ने तथा कडाइका साथ अनुगमन समेत गर्ने । हवाईजहाज, बस, कार सहित बास बस्ने स्थान होटल, रिसोर्ट, होमस्टे, रेस्टुरेन्ट तथा विमानस्थल, बसस्टप, टिकट तथा चेकइन काउन्टर, संग्रहालय, र्याफ्टिङ– बन्जी–प्याराग्लाइडिङ–साइक्लिङ–बोटिङ–हात्ती सफारी लगायतका पर्यटकीय क्षेत्र र साधनमा नियमित रुपले डिसइन्फेक्ट गर्नुपर्ने र यसबाट सुरक्षाको महशुस गराउन सकिने ।

 

६. सबैभन्दा बढी प्रभावित होटल तथा एयरलाइन्सहरुलाई वित्तीय प्याकेज मार्फत उद्धार गरिनु पर्ने । ऋण, ऋणको ग्यारेण्टी, Corporate Bond मा सरकार वा राष्ट्र बैंकबाट टेवा दिनु पर्ने । कर छुट तथा एयरपोर्ट चार्ज लगायतमा सुविधासहित वित्तीय सहयोग प्रदान गर्नु पर्ने ।

 

७. भ्रमण वर्ष सचिवालय खारेज भइसकेको सन्दर्भमा पर्यटनमा लामो समयदेखि अनुभव र विज्ञता राखेका व्यक्तित्वहरूलाई सम्मिलित गराई पर्यटन पुनरुत्थानका लागि संयन्त्र बनाउने । यसले पर्यटन रिभाइवलको योजना तथा कार्यक्रम बनाउने, मन्त्रालय र मन्त्रालय अन्तर्गतका मुख्य निकायहरूका लागि थिंक ट्यांकको काम गर्ने र अन्य मुख्य सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय गर्ने, अन्तर्राष्ट्रिय नेटवर्कलाई उपयोग गर्ने र २०२२ सम्म ‘रिभाइबल’का लागि विशेष कार्यक्रमहरू बनाइ कार्यान्वयन गर्ने र छिटोभन्दा छिटो पर्यटन पुनरुत्थान गर्नका लागि सक्रिय भूमिका खेल्ने ।

 

८. कोरोनाभाइरसको प्रकोपको कारण पूर्वीय संस्कृतिबारे खास गरेर योग लगायतका सम्वन्धमा पश्चिमी मुलुकमा धेरैनै चासो बढेको र नेपाल सांस्कृतिक तथा धार्मिक कारणले नेपालको आफ्नै गरिमा भएको हुंदा यसको प्रवद्र्धन गर्न सकिएमा पश्चिमी पर्यटकको संख्या वृद्धि हुने भएकोले यसतर्फ पहल गरिनु पर्ने ।

 

९. मेडिकल टुरिजम, होम स्टे एग्रो टुरिजम, कल्चरल टुरिजम लगायत विधागत पर्यटन प्रवद्र्धनका लागि ठोस कार्यक्रम ल्याउने ।

 

हवाइ सेवातर्फ 

 

१०. ICAO तथा अन्य मुलुकका हवाइ सेवा प्रदायकसंग सम्पर्क गरी वायुसेवा उडान कहिले देखि सुरक्षित रुपमा संचालन गर्न सकिने सो बारेमा छलफल गरी नेपाल वायुसेवा निगमलाइ समेत संचालन गर्न पाइला चाल्नु पर्ने ।

 

११. पर्यटक चाप घटेको यो बेलामा पर्यटन पूर्वाधारको निर्माणलाई तिव्रता दिइनुपर्छ । राष्ट्रिय महत्वका भैरहवा र पोखरा विमानस्थल निर्माणलाई तीव्रता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आधुनिकीकरण तथा सौंदर्यीकरण, अन्य विमानस्थलको स्तरोन्नति, पदमार्गहरुको मर्मत सम्भार लगायतका काम यही बेला गर्न सके आन्तरिक रोजगारी सिर्जना हुने तथा भविष्यका लागि पनि राम्रो तयारी गर्न सकिन्छ । निजी क्षेत्रबाट पूर्वाधार निर्माणका लागि राज्यले प्रोत्साहनमूलक प्याकेज ल्याउन सकिने ।

 

१२. हवाइ उड्डयनतर्फ ऋण दिन वित्तीय संस्था हिच्किचाउने हुँदा ऋण, ऋणको ग्यारेण्टी, Corporate Bond मा सरकार वा राष्ट्र बैंकबाट टेवा दिनु पर्ने । Tax छुट छुट लगायत वित्तीय सहयोग प्रदान गर्नु पर्ने । साथसाथै अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ घटेकोले हवाइ भाडा दर पनि घटाइनु पर्ने ।

 

१३. अहिलेको विषम परिस्थितिमा हवाइ यात्रुहरुको डिपार्चर अगाडि अनिवार्य रुपमा कोरोना परीक्षण गरिएको हुनु पर्ने ।

 

१४. हाल सिमित पाटपूर्जामा मात्र दिईंदै आईएको मूअक छुट वायूयानका सम्पूर्ण पार्टपूर्जाहरुमा उपलब्ध हुनुपर्ने ।

 

१५. देशमा पुनर्बीमाकाे सुविधा नगन्य मात्र उपलब्ध भएकोले हवाई विमामा लगाउँदै आईएको मूअक र अग्रिम कर छुट हुनुपर्ने । साथै हालको परिस्थितिमा कम्तिमा न्चयगलमभम जहाजको विमाको संपूर्ण व्यवस्था नेपाल पुनर्बीमा कम्पनीबाट सहुलियत दरमा हुनुपर्ने ।

 

१६. नेपाल आयल निगमले हाल माग्दै आएको नगद धरौटीको सट्टा बैंक ग्यारेण्टीको व्यवस्था गरी हाल लिएको नगद धरौटी फिर्ता गर्ने व्यवस्था हुनुपर्ने ।

 

१७. नेपाल नागरिक उड्डयन प्राधिकरणले लिने Landing, Parking, Navigation, Counter Rent, Grounded लगायत शुल्क, जहाजको Grounded अवधिभर शून्य र अन्यको आन्तरीक हवाई सेवा स्थगित रहेको अवधिभरलाई मिनाहा गर्नुपर्ने ।

 

विविध 

 

१८. राष्ट्रिय महत्वका स्मारक र विश्व सम्पदा सूचीमा परेका स्थलको विशेष संरक्षण गर्नुपर्ने ।

अन्तमा नेपालमा प्राकृतिक रुपमा प्रदत्त पर्यटकीय गन्तव्य स्थलहरु प्रसस्त भएकाले अहिलेको परिस्थितिमा चुनौती भएता पनि दीर्घकालीन दृष्टिकोणले निराशाजनक छैन । तर हामीले उपयुक्त कार्यक्रमहरु उद्धेश्य मूलक ढंगले निष्पक्षता र दीर्घकालीन सोच सहित प्रतिवद्ध भएमा यस विषम परिस्थितिबाट पर्यटन व्यवसायलाइ अवश्यै राहत मिल्ने छ ।

कोरोनालाई पार लगाउँदै ४ महिनापछि खुले बेइजिङ र सांघाइका विद्यालय Read Previous

कोरोनालाई पार लगाउँदै ४ महिनापछि खुले बेइजिङ र सांघाइका विद्यालय

प्राइम लाइफका सबै कर्मचारीको प्रतिव्यक्ति १ लाखको कोरोना बीमा Read Next

प्राइम लाइफका सबै कर्मचारीको प्रतिव्यक्ति १ लाखको कोरोना बीमा