हवाई सेवामा लगाइएको रोक जेठ २ सम्म कायम हुने

काठमाडौं । उच्चस्तरीय समन्वय समितिको बैठकले आन्तरिक एवम् वाह्य हवाई उडानमा लगाइएको रोक जेठ २ गतेसम्म कायम राख्ने निर्णय गरेको छ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सिंहदरबारमाआज बसेको समितिको बैठकले जेठ २ (मे १५) सम्मका लागि सबैखाले उडानमा रोक लगाउने निर्णय गरेको हो।

 

सरकारले वैशाख १८ गतेसम्म उडान बन्द राखेको थियो। उक्त समय थप बढाएर जेठ २ सम्म पुर्‍याइएको हो।

 

आन्तरिक उडान खुलाउने तयारी Read Previous

आन्तरिक उडान खुलाउने तयारी

कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख नाघ्यो, यी हुन् अति प्रभावित १० देश Read Next

कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख नाघ्यो, यी हुन् अति प्रभावित १० देश