काठमाडौं । ज्योति विकास बैंकले बैंकका नायब महाप्रबन्धक पारसराज कँडेललाई कायममुकाय प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।
बैंकको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीको सेवा अवधि आगामी वैशाख १५ देखि समाप्त हुने पनि जनाएको छ । ज्ञवालीले यसअघि नै बैंकबाट राजीनामा दिइसकेका छन् ।
अर्को निर्णय नहुन्जेलसम्मका लागि बैंकका नायब महाप्रबन्धक कँडेललाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको बैंकले जनाएको छ ।