काठमाडौं । देशभर लक डाउन भइरहेको बेला अब आउदो समयमा माछा उत्पादन भने घट्ने भएको छ । मत्स्य मानव संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्र, जनकपुरका प्रमुख रविलाल शर्माका अनुसार आउँदो समयमा माछाको उत्पादन घट्ने अनुमान गरिएको छ ।
हाल माछाको बच्चा (भुरा) उत्पादन तथा विक्री वितरण गर्ने समय हो । तर, भुरा किन्ने मानिसहरु ढुवानीमा समस्या भएकाले माछा किन्न आउन सकेका छैन ।
गर्मिमा माछा धेरै राख्दा चाडै बिग्रीने हुँदा माछाका भुरा विक्री नभएसम्म त्यसमा अर्को माछाको उत्पादन गर्न नसकिने उनले बताए । ‘हाल किसानहरुले आफ्नै रिक्समा माछा उत्पादन गरिरहेका छन्,’ उनले भने ।
माछापालन किसानले फागुनदेखि भदौ महिनामा भुरा उत्पादन गरेर विक्री गर्ने गर्छन् । मंसिर भित्र ती भूरालाई ठूला माछा उत्पादन गरिन्छ । अहिले यी भुराहरु पोखरीमा हालने समय भएको छ । हाल ढुवानीमा समस्याका कारण किसानले भुरा लान नसके आगामी ६/७ महिनामा माछाको उत्पादन निकै घट्न अनुमान छ ।
माछा व्यवसायीहरुले हाल लक डाउनका कारण माछा उत्पादन सँगै विक्री गर्न सकिरहेका छैनन् । नेपालमा कोल्ड स्टोर वा फ्रीजको व्यवस्था नहुँदा पोखरीबाट माछा निकाल्दा मर्ने र जिउँदै माछा मात्रै बेच्ने प्रचलन रहेको छ ।
हाल माछा प्रजन्न उत्पादन गर्ने समय रहेको उनले बताए । यस बेला माछाका भुराहरु उत्पादन गर्ने र माछा व्यवसायीलाई बेच्ने गरीन्छ । सामाजिक दूरी कायम गर्दै लक डाउनको समयमा माछाका भुरा विभिन्न ह्याचरी (माछा पालन गर्ने ठाउँ) मा पुराउनु पर्ने उनले बताए ।
तर, हाल ढुवानीमा असहजता भएकाले किसानहरुले माछा किन्न नसकेको उनले बताए । उत्पादन भएका भुराहरु पोखरीमै सिमित रहे आउँदो समयमा माछा उत्पादन घट्न सक्ने उनले बताए ।
माछापालन किसानले फागुनदेखि भदौ महिनामा भुरा उत्पादन गरेर विक्री गर्ने गर्छन् । मंसिर भित्र ती भूरालाई ठूला माछा उत्पादन गरिन्छ । अहिले यी भुराहरु पोखरीमा हालने समय भएको शर्माले बताए । अहिले ढुवानीमा समस्या भएर किसानले भुरा लान नसके आगामी ६/७ महिनामा माछाको उत्पादन निकै घट्न सक्ने उनले बताए ।
‘यो समय किसानले भुरा किनेर पोखरीमा हाल्ने समय हो तर, ढुवानीमा सहज नहुँदा किसानले भुरा लान पाएका छैनन, अहिले लगेन पछि माछा उत्पादन हुने हो,’ शर्माले चाणक्य पोष्टसँग भने ।
उनले जनकपुरमा धनुसाधामदेखि माछा किन्न आउने गरेको बताए । १८ सय बिगाहा जलासयमा माछा माछा पालन गर्दै आएको उनले बताए । सरकारी निकाय अन्तर्गत रहेको फामको अवस्था यस्तो हुँदा उनले निजी फामहरुमा झनै नराम्रो प्रभाव पर्ने बताए ।
उनले यस जलासयबाट १ र ३ नम्बर प्रदेशसम्मका स्थानीयलाई माछा विक्री गर्ने गरेको बताए । फागुन चैतका माछा विक्री भएपछि माछा उत्पादन गर्न भुरा हालिने र त्यसलाई हुर्काइने बताए । तर, विगतकै माछा विक्री हुन नसक्दा झन समस्या बढेको उनको भनाइ रहेको छ ।
उनका अनुसार लक डाउन जति लम्बियो त्यति नै माछा उत्पादन घट्दै जाने सम्भावना ठूलो रहेको छ । यो वर्ष परीक्षण केन्द्र जनकपुरले ३ करोड भुरा उत्पादन गर्ने लक्ष्य रहेको छ । उनले २० लाख फ्राई जातका र २० लाख फिमेल जातका माछा उत्पादन गर्ने लक्ष्य राखेको बताए ।
तर, लक डाउनले चैत्र बैशाखमा विक्री कम भएको छ । बारादेखि पर्सा सम्मका मानिसहरु प्रशिक्षण केन्द्रमै किन्न आउने भएकोमा यो पटक लक डाउनले टाढाका किसानहरु आउन नभ्याएको उनले बताए ।
हालसम्म १७ लाख फ्राई जात र १३ लाख फिमेल जातका माछाका भुरा विक्री हुनुपर्नेमा त्यो लक्ष्य अनुसार नभएको उनले बताए । उनले राज्यले ढुवानीमा अझै सहजता गराउनु पर्ने बताए । ढुवानीका लागि पास लिनै धौ धौ हुँदा किसान पहुँचबाट टाढा भएको बताए ।
यस्तै पोखरामा माछा पालन गर्दै आएका मोहन गुरुङले पोखरीमा ठूला माछा धेरै हुँदा भुरा माछा थप्न नपाएको बताए । उनले ठूला माछा विक्री नहुँदा र पानी तातो हुँदै जादा माछा धेरै मर्न थालेको बताए ।
‘ठूला माछा बेच्ने वातावरण नहुँदा भुरा माछा समेत हाल्न पाएको छेन, ठूला माछा बेचेर पोखरी खाली नभएसम्म भुरा माछा हाल्न मिल्दैन,’ गुरुङले भने । उनले यो वर्षका लागि भनि ५० हजार भुरा माछा किनेर राखेको बताए । ठूला माछा विक्री नहुदा भुरा माछा राख्ने ठाउ नभएको उनले बताए ।
यस्तै माछाको खानामा समेत ठूलो समस्या भएको उनले बताए । माछाको ६ देखि ७ प्रकारका खानाहरु आवश्यक पर्ने र ती सबै भारतबाट आउने हुँदा त्यो समेत भन्सारमै अड्किएको उनले बताए । ढुवानीमा असहज हुँदा माछाका दान समेत ल्याउन मुस्किल परेको उनको भनाइ छ ।
सधैं ३ समय खाना दिनु पर्ने माछालाई पछिललो समय ३ समय मात्र खाना दिएर पालिरहेको उनले बताए । उनले ११ रोपनी जलासयमा माछा उत्पादन गर्दै आएका छन् । सरकारले चाँडै ढुवानीमा मसहजता नदेखाउने हो भने माछा पालन गर्दै आएका किसानहरुले ठूलो नोक्सानी भोग्नु पर्ने उनले बताए । १ करोड बढी लगानीमा ह्याचरी सञ्चालन गर्दै आएका उनले लक डाउनभरी १५ लाख बढीको घाटा बेहोर्नु परेको बताए ।