काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा आज दुई अध्यादेश खारेज गरेकी छिन् ।
चौतर्फी आलोचना भएपछि सोमबार प्रधानमन्त्री ओलीले ल्याएका विवादास्पद अध्यादेश शुक्रबारको मन्त्रिपरिषद् बैठकले फिर्ता लिने निर्णय गरेको थियो । सोही अनुसार प्रधानमन्त्रीले अध्यादेश खारेजकालागि राष्ट्रपतिलाई खारेजका लागि सिफारिश गरेका थिए ।
संविधानको धारा ११४ को १ ख मा अध्यादेश राष्ट्रपतिबाट जुनसुकैबेला खारेज हुनसक्ने प्रावधान छ।
नेपालको संविधान वमोजिम ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ खारेज गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।