दक्षिण एशियामा रेमिट्यान्स २२ प्रतिशतले घट्ने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । विश्व बैंकले कोरोना भाइरसको विश्वव्यापी संक्रमणको कारणले सन् २०२० मा विश्वव्यापी रेमिट्यान्स प्रवाहमा २० प्रतिशतको गिरावट आउने प्रक्षेपण गरेको छ । यो प्रक्षेपित गिरावट निकट इतिहासको सबैभन्दा उच्च हो ।

 

आप्रवासी कामदारहरुको रोजगारी गुमेको र ज्याला समेत घटेका कारण रेमिट्यान्समा उच्च गिरावट आउने प्रक्षेपण विश्व बैंकले गरेको हो । बैंकले रेमिट्यान्स करिब ४ खर्ब ४५ अर्ब अमेरिकी डलरले गिरावट आउने अनुमान गरेको छ ।

 

अध्ययनले रेमिट्यान्सको पैसा निम्न तथा मध्यम आय भएका देशहरुमा शिक्षा, बाल श्रमको न्यूनीकरण लगायत क्षेत्रमा प्रयोग हुने गरेको छ । त्यसैले रेमिट्यान्स घट्नु भनेको गरिब घरपरिवारका माथि उल्लेखित क्षेत्रहरुमा प्रभाव पर्नु भएको बैंकले जनाएको छ ।

 

सन् २०१९ मा निम्न तथा मध्यम आय भएका मुलुकहरुमा ५ खर्ब ५४ अर्ब डलर रेमिट्यान्स भित्रिएको थियो । स्न २०२१ मा बैंकले रेमिट्यान्स प्रवाह ५.६ प्रतिशतले बढेर ४ खर्ब ७० अर्ब डलर पुग्ने प्रक्षेपण गरेको छ ।

 

दक्षिण एशियाली क्षेत्रमा रेमिट्यान्स २२ प्रतिशतले घटेर १ खर्ब ८ अर्ब डलरमा आइपुग्ने विश्व बैंकले प्रक्षेपण गरेको छ । यो क्षेत्रमा सन् २०१९ मा रेमिट्यान्स ६.१ प्रतिशतले बढेको थियो ।

 

विश्वव्यापी आर्थिक मन्दी र तेलको मूल्यमा आएको भारी गिरावटका कारण यो क्षेत्रमा रेमिट्यान्समा उच्च गिरावट आउने विश्व बैंकले प्रक्षेपण गरेको हो ।

तरकारीको भाउ ५०% घट्दा फलफूलको ह्वात्तै बढ्यो, कालिमाटीमा स्याउ आउनै छाड्यो Read Previous

तरकारीको भाउ ५०% घट्दा फलफूलको ह्वात्तै बढ्यो, कालिमाटीमा स्याउ आउनै छाड्यो

सकंटको आर्थिक अस्त्र डिजिटल कारोबार Read Next

सकंटको आर्थिक अस्त्र डिजिटल कारोबार