८ महिनामा ४ अर्ब ६९ करोड कित्ता सेयर सूचीकृत

काठमाडौं । नेपाल राष्ट्र  बैंकका अनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा गत फागुन मसान्तसम्ममा ४ अर्ब ६९ करोड सेयर सूचीकृत भएको छ ।

 

सो सूचीकृत शेयरको चुक्ता मूल्य ४५९ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । यस्तै चालू आवको आठ महिनामा २५ अर्ब ५५ करोड रुपैयाँबराबरको सेयर लाभांश, २१ अर्ब ४६ करोड रुपैयाँ बराबरको ऋणपत्र १२ अर्ब १६ करोड रुपैयाँबराबरको साधारण सेयर सूचीकृत भएको छ ।

 

त्यस्तै ५ अर्ब ७५ करोड रुपैयाँ बराबरको सामूहिक लगानी कोष ४ अर्ब ११ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ११ अर्ब ८३ करोड रुपैयाँ बराबरको अन्य गरी कुल ८० अर्ब ८६ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

 

सो अवधिमा नेपाल धितोपत्र बोर्डले २१ अर्ब ४५ करोड रुपैयाँ बराबरको ऋणपत्र, ४ अर्ब ४१ करोड बराबरको हकप्रद सेयर, २ अर्ब ७५ करोडको साधारण सेयर र १ अर्बको सामूहिक लगानी कोष गरी २९ अर्ब ६२ करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशन गर्ने अनुमति दिएको छ ।

अमेरिकामा तेलको भाउ घटे पनि किनेर राख्ने ठाउँ भएन, खरिदकर्ता अन्योलमा Read Previous

अमेरिकामा तेलको भाउ घटे पनि किनेर राख्ने ठाउँ भएन, खरिदकर्ता अन्योलमा

उदयपुरमा थप एक जनामा कोरोना, नेपालमा संक्रमितको संख्या ३२ पुग्यो Read Next

उदयपुरमा थप एक जनामा कोरोना, नेपालमा संक्रमितको संख्या ३२ पुग्यो