उदयपुरमा थप एक जनामा कोरोना, नेपालमा संक्रमितको संख्या ३२ पुग्यो

काठमाडौं । नेपालमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरका ३३ वर्षीका पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

 

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ । यसअघि उदयपुरकै त्रियुगा नगरपालिकाको एक मस्जिदमा बसेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

उनीहरुसँग सम्पर्क भएका व्यक्तिहरुको स्वाब संकलन गरेर काठमाडौं ल्याई परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
दिए ।

 

नेपालमा हालसम्म संक्रमित भएका ३२ मध्ये ४ जना निको भइसकेका छन् भने अन्य देशका विभिन्न अस्पतालमा उपचाररत छन् ।

८ महिनामा ४ अर्ब ६९ करोड कित्ता सेयर सूचीकृत Read Previous

८ महिनामा ४ अर्ब ६९ करोड कित्ता सेयर सूचीकृत

वाणिज्य बैंकले घटाए कर्जाको ब्याजदर, नयाँ ऋण लिनेलाई फाइदा Read Next

वाणिज्य बैंकले घटाए कर्जाको ब्याजदर, नयाँ ऋण लिनेलाई फाइदा