लकडाउनका बीच चाबहिल-गौशाला सडक निर्माण शुरु, १ महिनामा सम्पन्न गरिने

काठमाडौं । सडक विभागले १ महिना भित्र गौशाला–चाबहिल सडक निर्माण सम्पन्न गर्ने भएको छ । विभागका महानिर्देशक केशव कुमार शर्माका अनुसार विभागले लक डाउनको अवस्थाको सदुपयोग गर्दै यस कामलाई गति दिएको हो ।

 

उनले विभागले अन्य स्थानहरुमा समेत पुल तथा सडक निर्माणलाई सक्दो चाँडो पूरा गर्ने लक्ष्य राखेको बताए । हामीले यो लक डाउनमा सुरक्षा अपनाएर भएका मजदूरबाटै सडक र पुल निर्माणलाई पूरा गर्न लागेका छौँ । त्यसमा चाबहिल–गौशाला सडक खण्ड पनि पर्छ । उनले भने ‘यो एक महिनामा चाबहिल–गौशाला खण्डमा सडक निर्माण पूरा गर्ने छौँ ।’

 

चाबहिलदेखि गौशालाको १२ सय मिटर सडकमा बारम्बार खानेपानीका पाइपहरु फुट्ने समस्याले जति पटक सडक बनाए पनि पानीले बिगार्ने गरेको थियो । हाल सडक विभागले खानेपानीसँग सहकार्य गरी आफै खानेपानीका पाइपहरु मिलाउँदै सडक कालोपत्रे गर्ने काम सुरु गरेको हो ।

 

देशभर ५०/६० वटा वर्षा मौसममा जोखिम हुन सक्ने पुलहरु रहेका छन् । जसको मर्मत तथा निर्माण समयमा पूरा नभए खतारा हुन सक्छ । सरकारले यसलाई मध्ये नजर गर्दै हरेक प्रदेश तथा क्षेत्रहरुमा यस्तो पुल तथा सडक रहेको खण्डमा त्यसको निर्माणको माग आएमा गृहमन्त्रालयको स्वीकृतिमा निर्माण गरिने छ ।

 

विभागका प्रवक्ता शिवहरी सापकोटाले सेफ्टी माक्स, पन्जा, हातधुने साबुन लगायतका सुरक्षा सामग्री फिल्डमै राखेर कामलाई तीव्रता दिइरहेको बताए । उनका अनुसार हालसम्म पाइपलाई मिलाउने काम सकिसकेको छ । अब सडकमा लेबलीङ, फाउनडेसन, कालोपत्र लगायतका सडकका काम मात्र बाँकी रहेको उनले जानकारी दिए । उनले सडकमा काम गर्ने कामदारहरुलाई धेरै भीडभाड नगरी भए जति कामदारलाई सक्दो चाँडो काम सक्ने गरि खटाइएको बताए ।

 

विभागले चाबहिल-गौशाला सडक खण्ड निर्माण चैत्र महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य राखेको थियो । काम ढिला सुरु भएका कारणले लक्ष्यमा सडक निर्माण सम्पन्न हुन सकेको थिएन । साथै कोरोनाका कारण लक डाउन सुरु भएपछि सडक निर्माणको कामले गति लिन छाडेको थियो ।

 

जोखिमयुक्त सडक तथा पुल निर्माण गरिँदै

 

यस्तै विभागले विभिनन जोखिम सृजना हुन सक्ने र वर्षामा बिग्रीन सक्ने पुल तथा सडकहरु निर्माणलाई तीव्रता दिएको छ । विभागले देशभर रहेका सडकहरुमा वर्षामा हुन सक्ने जोखिमलाई ध्यान दिदै सडक कालोपत्रे तथा पुल निर्माणको काम सुरु गर्न लागेको हो । निर्माणाधीन अवस्थामा रहेका मध्ये धेरै पुल ढलान गर्न बाँकी रहेको र वर्षामा बाढी पहिरोले जोखिममा देखिएका यी पुलहरुलाई सरकारले गृहमन्त्रालय र सडक विभागको समन्वयनमा निर्माण गर्न लागेको हो ।

 

देशभर ५०/६० वटा वर्षा मौसममा जोखिम हुन सक्ने पुलहरु रहेका छन् । जसको मर्मत तथा निर्माण समयमा पूरा नभए खतारा हुन सक्छ । सरकारले यसलाई मध्ये नजर गर्दै हरेक प्रदेश तथा क्षेत्रहरुमा यस्तो पुल तथा सडक रहेको खण्डमा त्यसको निर्माणको माग आएमा गृहमन्त्रालयको स्वीकृतिमा निर्माण गरिने छ ।

 

यसैगरी देशभर निर्माणाधीन अवस्थामा रहेका सडकहरु पनि अहिले निर्माण नभए पछि जोखिम हुन सक्ने अवस्थामा रहेको खण्डमा त्यसलाई पनि तत्काल निर्माण गरिने सापकोटाले बताए ।जेठदेखि बर्खा सुरु हुने हुँदा त्यस समयमा कुनै जोखिम सृजना नहोस भनेर विभागले तीव्र गतिमा सडक तथा पुल निर्माणको कामलाई अघि बढाएको उनले बताए ।

 

‘हामीले अहिलो निर्माण नगरे जोखिम सृजना हुन सक्ने खालका सडक तथा पुलहरु निर्माणलाई तीव्रताका साथ अघि बढाएका छौँ, जुनसुकै जिल्लाबाट पुल तथा सडक निर्माण तत्काल हुनुपर्ने माग आएमा हामीले त्यसलाई तीव्रताका साथ काम पूरा गर्नेछौं,’ सापकोटाले भने ।

कोरोना भाइरस : निको हुन कति समय लाग्छ ? यस्तो हुन्छ दीर्घकालीन असर Read Previous

कोरोना भाइरस : निको हुन कति समय लाग्छ ? यस्तो हुन्छ दीर्घकालीन असर

निर्यात व्यवसायी महासंघको सुझाव : यस्ता छन् निर्यातजन्य उद्योग संरक्षणका लागि सरकारले गर्नु पर्ने काम Read Next

निर्यात व्यवसायी महासंघको सुझाव : यस्ता छन् निर्यातजन्य उद्योग संरक्षणका लागि सरकारले गर्नु पर्ने काम