३५ अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक तवरबाट ३५ अर्ब रुपैयाँ ऋण उठाउने भएको छ । जसका लागि राष्ट्र बैंकले आइतबार ३५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकले ‘विकास ऋणपत्र २०८० घ’ नाम दिइएको सो ऋणपत्र बोल कबोल प्रक्रियाबाट बिक्री गर्न लागिएको जनाएको छ।

 

ब्याजदरसमेत बोलकबोलका माध्यमबाटै तय गरिने बैंकले जनाएको छ। बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी र सङ्गठित संस्था तथा नेपाली नागरिकले समेत सो ऋणपत्र खरिद गर्न सक्नेछन्।

 

सो ऋणपत्र धितोमा राखेरसमेत कर्जा लिन वा दिनसमेत पाइनेछ । बोल कबोल आइतबार हुने छ भने अन्तिम निश्कासन सोमबार गरिनेछ। प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई निष्काशित रकमको ८५ र १५ प्रतिशत छुट्याइएको छ। त्यो भनेको प्रतिस्पर्धीलाई २९ अर्ब ७५ करोड रुपैयाँ र अप्रतिस्पर्धीलाई ५ अर्ब २५ करोड रुपैयाँ छुट्याइएको छ।

 

अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिनेछ। अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालालाई समानुपातिकरुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने बैंकले जनाएको छ।

 

यस्तै ब्याजदर र बाँडफाँट बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ब्याजदरलाई एकल ब्याजदर कायम गरिनेछ। घटीमा  ५० हजार रुपैयाँ र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाइ ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ।

एकैपटक ५० ग्यास उद्योगको लाइसेन्स खारेजी (नामसहित) Read Previous

एकैपटक ५० ग्यास उद्योगको लाइसेन्स खारेजी (नामसहित)

कोरियाबाट बिदामा नेपाल आएका श्रमिकको रोजगारी गुम्ने खतरा Read Next

कोरियाबाट बिदामा नेपाल आएका श्रमिकको रोजगारी गुम्ने खतरा