कोरोना रोकथाम कोषमा सिभिल बैंकको ८७ लाख सहयोग

काठमाडौं । संघ र प्रदेश सरकारको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सिभिल बैंकले ८७ लाख रुपैयाँ सहयोग गरेको छ ।

 

कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण र प्रभावितका लागि सरकारद्वारा गरिएको प्रयासलाई साथ दिन बैंक आफैँले ७० लाख र बैंकका कर्मचारी तथा सञ्चालकबाट १७ लाख गरी ८७ लाख रुपैयाँ सहयोग गरेको बैंकले जनाएको छ ।

 

संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट ७० लाख रुपैयाँ र बाँकी बैंकको सञ्चालक समितिको बैठकको भत्ता र कर्मचारीले आफ्नो तलबबाट कटौती गरेर रकम प्रदान गरेको जनाइएको छ ।

 

सहयोग प्रदान गरिएको रकम मध्येबाट ४३ लाख ५० नेपाल सरकारद्वारा खडा गरिएको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको खातामा पठाइएको र सातै प्रदेश सरकारलाई प्रतिप्रदेश ५ लाखका दरले ३५ लाख प्रदान गरिएको बैंकले जनाएको छ ।

 

यस्तै ८ लाख ५० हजार रुपैयाँ भने बैंकको प्रदेश प्रमुखमार्फत आवश्यक परेको विभिन्न स्थानीय तहमा सोझै सहयोग प्रदान गरिएको जनाइएको छ ।

लकडाउनले कृषि बालीभन्दा पशुपालन क्षेत्रमा धेरै नोक्सानी हुने सम्भावना Read Previous

लकडाउनले कृषि बालीभन्दा पशुपालन क्षेत्रमा धेरै नोक्सानी हुने सम्भावना

लकडाउन खोल्न ट्रम्पले अघि सारे ‘ओपनिङ अप अमेरिका’ योजना, यस्ता छन् ३ चरण Read Next

लकडाउन खोल्न ट्रम्पले अघि सारे ‘ओपनिङ अप अमेरिका’ योजना, यस्ता छन् ३ चरण