आजदेखि भाटभटेनीका ६ आउटलेट सञ्चालनमा, कहाँ कहाँ खुले

काठमाडौं । भाटभटेनी सुपरमार्केटले लकडाउनको कारण बन्द रहेका काठमाडौं उपत्यकाका ६ स्टोर आज (शुक्रबार) देखि खुला गरेको छ ।

 

भाटभटेनी ग्रुपले कलंकी, महाराजगन्ज, नक्साल, भक्तपुर, कोटेश्वर र पुल्चोकको आउटलेट खोलेर उपभोक्तालाई सेवा दिन लागेको हो । ललितपुरको सातदोबाटो तथा काठमाडौंको चुच्चेपाटी, बालाजु, अनामनगर र त्रिपुरेश्वरस्थित आउटलेट भने बन्द नै रहने छन् ।

 

भाटभटेनी समूहले उपत्यकाबाहिर पनि विराटनगर, धरान, नारायणगढ, बुटवल, भैरहवा, पोखरा, नेपालगन्जमा पनि भाटभटेनी सुपरस्टोरको नामबाट आउटलेट सञ्चालन गरेको छ । उपत्यकाबाहिरका आउटलेट पनि खुला रहनेछन् ।

 

प्राणघातक रोग कोभिड–१९ निम्त्याउने कोरोना भाइरस संक्रमणको त्रासले मुलुक लकडाउनमा गएपछि भाटभटेनीले उपत्यकाका आउटलेटहरु बन्द गरेर होम डेलिभरी सेवा दिँदै आएकोमा अब खोलेरै सेवा दिन लागेको हो ।

 

उल्लेखित आउटलेटहरु बिहान १०ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म स्टोर खुल्नेछन् । कोरोना संक्रमण रोकथामका लागि पर्याप्त सावधानी अपनाएर आउटलेट सञ्चालन गरिने छ । एकपटकमा स्टोरभित्र १० जनालाई मात्रै प्रवेश दिइने र त्यसमा पनि सामाजिक दूरी कायम गर्ने नीति लिइएको छ ।

संकटको बेला भेन्टिलेटर खरिदमा भ्रष्टाचार, कागजपत्र अख्तियारको नियन्त्रणमा Read Previous

संकटको बेला भेन्टिलेटर खरिदमा भ्रष्टाचार, कागजपत्र अख्तियारको नियन्त्रणमा

लकडाउनका बेला बीच सडकमै सुते सिंहहरू Read Next

लकडाउनका बेला बीच सडकमै सुते सिंहहरू