बीमा समितिले जारी गर्‍यो कोरोना भाइरस बीमालेख, ३०० मा बीमा गर्न सकिने

काठमाडौं । बीमा समितिले महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई मध्येनजर गर्दै २ वटा नयाँ बीमालेख जारी गरेको छ। समितिले बिहीबार एक विज्ञप्ती जारी गर्दै कोरोनाबाट उत्पन्न हुनसक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न नयाँ बीमालेख जारी गरेको हो ।

 

समितिले १ लाख रुपैयाँ र ५० हजार रुपैयाँ बीमांकको अलग अलग बीमालेख जारी गरेको छ। जस अनुसार १ लाख रुपैयाँ बराबरको व्यक्तिगत बीमा गर्दा प्रति व्यक्ति १ हजार रुपैयाँ र सम्पूर्ण परिवारको सदस्यको समेत समावेश गरेमा प्रतिव्यक्ति थप ६०० रुपैयाँ बीमा शुल्क कायम गरिएको छ ।

 

यस्तै ५० हजार रुपैयाँ कुल बीमांक रकमको लागि प्रतिव्यक्ति ५०० रुपैयाँ र परिवारको सम्पुर्ण सदस्यको बीमा गर्दा ३०० रुपैयाँ बीमा शुल्क कायम गरिएको छ।

 

बीमा समितिले कोरोना लागेको पीसीआर परीक्षणमा पोजेटिभ देखिने बित्तीकै बीमा दाबी भुक्तानी गर्न पाइने व्यवस्था गरेको छ । दाबीका लागि भने बीमा शुरु भएको १५ दिनसम्म प्रतिक्षा अवधि रहनेछ। दाबी भुक्तानीका लागि कोरोना भाइरस पुष्टि हुने पीसीआर नतिजा पोजिटीभ हुन साथ दाबी गर्न सकिनेछ।

सरकार ! ५ किलो चामलले कति दिन खानू Read Previous

सरकार ! ५ किलो चामलले कति दिन खानू

पुनः गति लिँदै मेलम्ची खानेपानी आयोजना Read Next

पुनः गति लिँदै मेलम्ची खानेपानी आयोजना