नागरिक लगानी कोषले ऋणीलाई ब्याजमा १० प्रतिशत छुट दिने

काठमाडौं । नागरिक लगानी कोषले ब्याजमा छुट दिने भएको छ । नियमित कोष कट्टी गर्ने सेवाग्राहीहरूले लिएको आवास, सरल तथा शैक्षिक कर्जामा तोकिएको समयमा ब्याज भुक्तानी गर्नेलाई ब्याज रकममा १० प्रतिशत छुट दिने निर्णय गरेको कोषले जनाएको छ ।

 

कोषले २०७६ चैतदेखि २०७७ असारसम्मको ब्याज असारभित्र बुझाए सो अवधिमा पाकेको ब्याजमा छुट दिने भएको हो । कोषको आजको सञ्चालक समिति बैठकले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणको अवस्थालाई मध्यनजर गर्दै सो निर्णय गरेको जनाएको छ ।

 

त्यसैगरी कोषमा नियमित रूपमा रकम जम्मा गरी कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष, उपदान कोष तथा लगानीकर्ता हिसाब योजनामा सहभागी भएका सेवाग्राहीलाई कोरोना भाइरसबाट संक्रमित भई मृत्यु भएको प्रमाणित भए निजको हकवालालाई क्षतिपूर्तिबापत २ लाख रुपैयाँ प्रदान गर्ने निर्णय पनि भएको जनाएको छ ।

लकडाउनमा काठमाडौंको २८ किमी सडकमा 'मार्किङ' Read Previous

लकडाउनमा काठमाडौंको २८ किमी सडकमा 'मार्किङ'

सरकार ! ५ किलो चामलले कति दिन खानू Read Next

सरकार ! ५ किलो चामलले कति दिन खानू