बेलायतले भारतबाट ३० लाख पारासिटामोल लैजाने

बेलायतले भारतबाट ३० लाख पारासिटामोल औषधी लैजाने भएको छ । भारतीय उच्च अधिकारीसँगको कुराकानीका क्रममा भारतले बेलायतलाई पारासिटामोल औषधी पठाईदिने सहमति भएको हो ।

 

बेलायतको विदेश मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार भारतले बेलायतलाई ३० लाख पारासिटामोल उपलब्ध गराउने सहमति जनाएको छ । ‘भारतसँगको कुराकानीपछि बेलायलतले भारतबाट झण्डै ३० लाख पारासिटामोल पाउने भएको छ,’ बेलायती विदेश मन्त्रालयले भनेको छ ।

 

भारतले उपलब्ध गराउने भनेको औषधी आगामी दुई हप्तामा बेलायत आइपुग्ने र सुपरमार्केटमा राखिने मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

 

पछिल्लो विवरणअनुसार बेलायतमा बुधबारसम्म कोरोना भाइरसबाट ९८ हजार ४७६ जना संक्रमित भएका छन् । ती मध्ये ४ हजार ६०३ जनामा पछिल्लो २४ घण्टामा संक्रमणको पुष्टि भएको हो ।

 

सरकारी अधिकारीहरुका अनुसार बेलायतमा कोरोनाका कारण अहिलेसम्म १२ हजार ८६८ जनाको मृत्यु भएको छ । ती मध्ये ७६१ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।

 

कोरोना भाइरसबाट धेरै प्रभावित देशहरु मध्ये बेलायत अघिल्लो छैठौँ स्थानमा पर्दछ । सवैभन्दा धेरै मृत्यु हुने र संक्रमित हुनेमा अमेरिका रहेको छ ।

दोस्रो पटक पनि भत्कियो निर्माणाधीन पुल Read Previous

दोस्रो पटक पनि भत्कियो निर्माणाधीन पुल

हार्वर्डको अनुसन्धान : कोरोनाबाट बच्न सन् २०२२ सम्म सामाजिक दूरी कायम राख्नु पर्छ Read Next

हार्वर्डको अनुसन्धान : कोरोनाबाट बच्न सन् २०२२ सम्म सामाजिक दूरी कायम राख्नु पर्छ