तातोपानी नाकाबाट औषधि ल्याउन स्थानीयवासीले अवरोध नगर्ने

तातोपानी नाकाबाट कोरोना भाइरस नियन्त्रण र उपचारमा प्रयोग हुने औषधि आयात गर्न स्थानीयवासीले पनि सहजीकरण गर्ने भएका छन् ।

 

चीनसँग जोडिएको तातोपानी नाका खुलाउँदा कोभिड–१९ को सङ्क्रमण फैलनसक्ने भएकाले स्थानीयवासीले आफूहरु त्रसित भएको बताउँदै तातोपानीस्थित सुक्खा बन्दरगाहमा भेला भएर सरकारी निर्णयको विरोध गरेपनि अहिले समझदारीमा आएका छन् ।

 

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढाकाल, स्थानीय जनप्रतिनिधि र भन्सार प्रमुखबीचको छलफलमा सङ्क्रमण फैलन नदिन उच्च सावधानी अपनाएर औषधि आयातलाई सहज बनाउने सहमति भएको छ । उक्त सहमतिपछि अब नाकाबाट औषधि आयातमा स्थानीयवासीले अवरोध जनाउने छैनन् ।

 

भोटेकोशी गाउँपालिका-२ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठका अनुसार प्रजिअ ढकाल र गाउँपालिका अध्यक्ष राजकुमार पौडलले बीच टेलिफोनमा भएको कुराकानीका आधारमा तत्काल औषधि ल्याउन स्थानीयवासीले सहजीकरण गर्ने समझदारी भएको हो ।

 

‘खाद्यान्न ल्याउनुपर्ने अवस्थामा पुनः छलफल गर्ने सहमति भएको छ,’ वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । सिन्धुपाल्चोक र तिब्बतको नेलाम जिल्लाका सुरक्षा अधिकारीबीच तातोपानीको मितेरी पुलमा मङ्गलबार भएको बैठकले नाका सञ्चालन गरेर औषधि र खाद्यान्न सामग्री भित्र्याउने निर्णय गरेको थियो ।

एशियाको आर्थिक वृद्धिदर ६० वर्षपछि शून्यमा आउने आईएमएफको प्रक्षेपण Read Previous

एशियाको आर्थिक वृद्धिदर ६० वर्षपछि शून्यमा आउने आईएमएफको प्रक्षेपण

दोस्रो पटक पनि भत्कियो निर्माणाधीन पुल Read Next

दोस्रो पटक पनि भत्कियो निर्माणाधीन पुल