एशियाको आर्थिक वृद्धिदर ६० वर्षपछि शून्यमा आउने आईएमएफको प्रक्षेपण

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले एशियाको आर्थिक वृद्धिदर यस वर्ष शून्यमा आउने प्रक्षेपण गरेको छ ।

 

अहिले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारीको कारण एशियाको आर्थिक वृद्धिदर ६० वर्षयता पहिलोपटक शून्यमा आउने प्रक्षेपण गरिएको हो ।

 

आईएमएफका एशिया प्यासिफिक डिपार्टका निर्देशक चाङयोङ रिहीले यो विश्व अर्थतन्त्रको लागि निकै अन्योलपूर्ण र चुनौतीपूर्ण समय रहेको बताएका छन् ।

 

यो अवस्थामा मुलुकको अर्थतन्त्रमा सुधारको लागि परिवार र कम्पनीहरुलाई सम्बन्धित मुलुकले सहयोग गर्नुपर्ने उनको भनाइ छ । साथै यो संकटको सामनाको लागि प्रभावकारी र समन्वयकारी नीतिको आवश्यकता रहेको उनले बताए ।

 

सन् २००८को वित्तीय संकटयता यता एशियाको आर्थिक वृद्धिदर औसतमा चार दशमलव ७ प्रतिशत रहँदै आएको छ । प्रभावकारी कदम चाल्न सकेको खण्डमा भने सन् २०२१ मा एशियाको अर्थतन्त्रमा सुधार हुन सक्ने आईएमएफले बताएको छ ।

 

केही दिनअघि मात्र विश्व बैंकले दक्षिण एशियाको आर्थिक वृद्धिदर ४० वर्षयताकै कमजोर बन्न सक्ने चेतावनी दिएको थियो ।

-बीबीसी

राष्ट्रिय आविष्कार केन्द्र : जहाँ धमाधम बन्दैछन् कोरोना विरुद्ध लड्ने हतियार Read Previous

राष्ट्रिय आविष्कार केन्द्र : जहाँ धमाधम बन्दैछन् कोरोना विरुद्ध लड्ने हतियार

तातोपानी नाकाबाट औषधि ल्याउन स्थानीयवासीले अवरोध नगर्ने Read Next

तातोपानी नाकाबाट औषधि ल्याउन स्थानीयवासीले अवरोध नगर्ने