कोरोना कोषमा १ अर्ब ९१ करोड जम्मा, प्रधानमन्त्रीले दिए ७७ हजार (दाताहरुको सूचीसहित)

काठमाडौं । नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा अहिलेसम्म १ अर्ब ९१ करोड रुपैयाँ जम्मा भएको छ ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार चैत २७ गते अपराह्न ५ बजेसम्मसम्ममा कोषमा १ अर्ब ९१करोड ५० लाख ४ हजार १९७ रुपैयाँ संकलन भएको छ ।

 

कोषमा विभिन्न कर्पोरेट हाउस, बैंक तथा वित्तीय संस्था, व्यापारी, व्यावसायी, सामाजिक संघसंस्था, सामाजिक अभियन्ता, कलाकार, समाजसेवी लगायतले रकम जम्मा गरेका हुन् ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सो कोषमा अहिलेसम्म सबैभन्दा धेरै नेपाल आयल निगमले ५० करोड सहयोग गरेको छ । यस्तै कोषमा प्रधानमन्त्री केपी शर्मा ओलीले ७७ हजार २८० रुपैयाँ सहयोग गरेका छन् ।

 

सरकारले चैत ९ गते उक्त कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो। कोषमा सरकारले ५० करोड रुपैयाँ राख्ने छ।

किसानले ४ महिनाको ब्याज तिर्न नपर्ने Read Previous

किसानले ४ महिनाको ब्याज तिर्न नपर्ने

कोरोनाको उपचारमा प्रभावकारी हुने भनिएको ‘हाइड्रोक्सीक्लोरोक्वीन’ भारतले नेपालमा आपूर्ति  गर्ने Read Next

कोरोनाको उपचारमा प्रभावकारी हुने भनिएको ‘हाइड्रोक्सीक्लोरोक्वीन’ भारतले नेपालमा आपूर्ति गर्ने