निर्माण व्यवसाय परिषद्ले सातै प्रदेशलाई १३/१३ लाख दिने

काठमाडौं । निर्माण व्यवसाय विकास परिषद्ले कोभिड–१९ को सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि सबै प्रदेशलाई  १३ लाखका दरले सहयोग गर्ने निर्णय गरेको छ ।

 

परिषद्का अध्यक्षसमेत रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङको अध्यक्षतामा बिहीबार बसेको बैठकले प्रदेशस्तरीय कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा रु ९१ लाख दिने निर्णय गरेको हो ।

 

परिष्दले यसअघि कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड उपलब्ध गराइसकेको परिषद्का सदस्य सचिव गोपालप्रसाद सिग्देलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

 

परिषद्मा नेपाल निर्माण व्यवसायी महासङ्घसहित निर्माण व्यवसायसँग सम्बन्धित मन्त्रालय र निकायका प्रतिनिधि रहेका छन् ।

कोरियाले भिसा अवधि समाप्त भएकाको म्याद ३ महिना थप्ने Read Previous

कोरियाले भिसा अवधि समाप्त भएकाको म्याद ३ महिना थप्ने

बढ्न थाल्यो खाद्यान्नको मूल्य, व्यापारीलाई कमाउने मौका Read Next

बढ्न थाल्यो खाद्यान्नको मूल्य, व्यापारीलाई कमाउने मौका