कृषिः विदेशमा ११ वर्ष अर्काको काम, नेपाल फर्किएपछि ४८ जनालाई रोजगारी

काठमाडौं । कुखुराको चल्ला उत्पादन कसरी र कहाँ हुन्छ यसको सरल जवाफ हो सामान्य खोरमा । अहिलेसम्म हामीले देख्दै आएको कुखुराका खोर, बाँसका टुक्रा जस्तापाता र जालीको प्रयोग गरेर बनेको देखेका छाैँ । तर, एक जना युवा उद्यमीले कुखुराको चल्ला उत्पादनका लागि अन्तर्राष्ट्रिय स्तरको क्लोज हाउस निर्माण गरेका छन् । संभवत यो नेपालकै पहिलो क्लोज हाउस हो ।

 

निजगढ निवासी नवराज पौडेल ११ वर्ष दुबाईमा बसेर फर्किएका वैदेशिक रोजगारी रिर्टन हुन् । उनले दुबईमा विभिन्न कम्पनीमा काम गर्ने क्रममा पोल्ट्री फार्ममा समेत २ वर्ष काम गर्ने मौका पाएका थिए । त्यही सीपलाई उनले नेपालमा प्रयोग गरेका हुन् ।

 

त्यहाँ सिकेको कामबाट प्रेरित भएका उनले नेपाल फर्किएपछि नेपालमा व्यवस्थीत कुखुराको चल्ला उत्पादन तथा विक्री वितरण गर्ने निर्णय लिए र काम गर्न सुरु गरे ।

 

उनले कान्तिपुर पोल्ट्री व्रिडिङ फर्म सञ्चालन गर्दै आएका छन् । त्यस फर्ममा अहिले ४८ जनालाई रोजगार उपलब्ध गराएका छन् ।

 

नेपालमा खुल्ला स्थानमा कुखुरा पालन गर्ने गरिएकोमा उनले पहिलो पटक कोठा भित्रै क्लोज हाउसमा कुखुरा पालन गर्ने योजना बनाएका थिए । नेपाल फर्किएपछि यसमा उनले काम सुरु गरे ।

 

नेपालमा गुणस्तरीय कुखुरा उत्पादन र बाहीरबाट आउने मासुजन्य उत्पादनलाई कम गर्न यही गुणस्तरिय चल्लाहरु उत्पादन सुरु गरेको उनि बताउँछन् ।

 

नेपाल भारत बोर्डर सीमा खुल्ला रहेकाले त्यहाँबाट निजगढ क्षेत्रमा आउने अवैध चल्ला निरुत्साहीत गर्न आफुले गुणस्तरीय चल्ला उत्पादन गर्दै आएको पौडेलले सुनाए ।

 

एउटै वातावरणमा उत्पादीत चल्लाहरु मार्केटमा राम्रो हुन थालेको र सुरुमा हप्तामा २० हजार चल्ला उत्पादन गर्ने गरेकोमा कृषकहरुबाट माग बढ्न थालेसँगै क्रमश उत्पादन क्षमता बढाउँदै अहिले ५० हजार चल्ला उत्पादन गर्ने गरेको उनी बताउँछन् ।

 

क्लोज हाउसमा चल्ला उत्पादन हुँदा चल्लालाई कति दाना दिनेदेखि उसले खाने पानी, उज्यालो सबैको व्यवस्थापन अटोमेटिक हुने उनले जानकारी दिए ।

 

उच्च प्रविधिमा उत्पादन हुने यस्ता चल्लाको मूल्य र साधारण घरमा उत्पादन हुने चल्लाको बजार मूल्य एउटै हुने गरेको पौडेल गुनासो गर्छन् । ‘गुणस्तरिय उत्पादनको मूल्यपनि त्यहि अनुसारको हुनु पर्ने नी’ उनले सुनाए ।

 

‘मैले पहिलो पटक प्रदेश नम्बर २ बाट यो काम सुरु गरेको हुँ, यसलाई प्रत्येक प्रदेशमा लैजाने उदेश्य बनाएको छु,’ पौडेलले भने ।

 

उनले कान्तिपुर पोल्ट्री व्रिडिङ फर्म सञ्चालन गर्दै आएका छन् । त्यस फर्ममा अहिले ४८ जनालाई रोजगार उपलब्ध गराएका छन् ।

 

सरकारले गत वर्षबाट वैदेशिक रोजगारीबाट फर्केर नेपालमा राम्रो काम गरिरहेका व्यवसायीलाई सम्मान र पुरस्कृत गर्दै आएको छ । चालु आर्थिक वर्षमा उत्कृष्ट राष्ट्रिय उद्यमी पुरस्कार नवराज पौडेलले पाएका छन् ।

 

यस वर्ष उनलाई सरकारले १ लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरिसकेको छ । उनीसँगै थप ५ जना पनि सम्मानीत भएका छन् ।

 

सरकारले यो चालु आर्थिक वर्षमा दुबाईबाट नेपाल फर्किएर ब्यवसाय गर्दै आएका ३ जना र कोरियाबाट नेपाल फर्किएर व्यवसाय गर्दै आएका ३ जनालाई पुरस्कृत गरेको हो ।

आइएमई जनरल इन्स्योरेन्सले ५ प्रतिशत बोनस दिने Read Previous

आइएमई जनरल इन्स्योरेन्सले ५ प्रतिशत बोनस दिने

पूर्व र पश्चिमका सिमेन्ट उद्योगीको आन्तरिक ‘टसल’ले ल्याएको नयाँ मापदन्ड Read Next

पूर्व र पश्चिमका सिमेन्ट उद्योगीको आन्तरिक ‘टसल’ले ल्याएको नयाँ मापदन्ड