गभर्नरका लागि ३ जनाको नाम सिफारिस, को-को परे सर्टलिस्टमा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गठित सिफारिस समितिले नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ३ जनाको नाम सिफारिस गरेको छ ।

 

समितिले पूर्व डेपुटी गभर्नर तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, अर्थमन्त्रालयका पूर्वसचिव राजन खनाल र डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई गभर्नरका लागि सिफारिस गरेको हो । शिवकोटी अहिले राष्ट्र बैंकको कामु गभर्नरको रूपमा समेत कार्यरत छन् ।

 

अर्थमन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री खतिवडाले आज बस्ने मन्त्रिपरिषद्मा गभर्नर नियुक्ति गर्नका लागि प्रस्ताव लैजाने तयारी गरेका छन् । सम्भवतः आजकै मन्त्रिपरिषद् बैठकले गभर्नरको टुंगो लगाउने छ ।

 

अर्थमन्त्रीको संयोजकत्वमा गठित समितिमा पूर्वसचिव कृष्णहरि बास्कोटा र पूर्वगभर्नर विजयनाथ भट्टराई सदस्य छन् ।

भारतबाट भित्रिए खाद्य र ग्यास बोकेका २०० गाडी Read Previous

भारतबाट भित्रिए खाद्य र ग्यास बोकेका २०० गाडी

‘एजेन्ट’लाई २७ लाख कसिमन नदिन निगमलाई निर्देशन Read Next

‘एजेन्ट’लाई २७ लाख कसिमन नदिन निगमलाई निर्देशन