काठमाडौं । निर्माण सामाग्री उत्पादन गर्दै आइरहेको औद्योगिक घराना पञ्चकन्या समूहद्वारा निर्माण कार्यमा प्रयोग हुने ‘ग्यालभनाइज्ड डेकिङ्ग’ सिट नेपाली बजारमा विक्री वितरण गर्दै आएको छ ।
विश्वमै निर्माण क्षेत्रमा व्यापक रुपमा प्रचलनमा आइरहेको यस सिट मजबुत भरपर्दाे र निर्माण गर्न छिटो छरितो समेत रहेको छ । यसलाई निर्माण कार्यमा स्थाई रुपमा प्रयोगमा ल्याउन सकिने र मूल्यमा समेत किफायती रहेको कम्पनीले जनाएको छ ।
तौलमा हलुका विशेषता रहेका यि सिटहरु मजबुत, खिया नलाग्ने र वाटरप्रुफ यसको प्रमुख विशेषता मानिन्छन् ।
कंक्रिट राम्रोसँग टासिएर बस्ने र ढलानको स्ल्याबको मोटाइलाई कम गर्न समेत मद्दत गर्ने हुँदा यसले गर्दा भवनलाई भार कम पर्छ ।
यसको प्रयोगपछि मर्मत सम्भार गरिरहनु पर्ने झन्झट रहदैन, आवश्यकता अनुसार साइजमा उपलब्ध हुने यी निर्माण सामाग्री नेपालभर उपलब्ध रहेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।