अमेरिकी अर्थतन्त्र सन् १९४६ यताकै तीव्र गतिमा ओरालो, २ करोडले रोजगार गुमाउने

कोरोना भाइरसका कारण अमेरिकी अर्थतन्त्र सन् १९४६ पछि पहिलो पटक तीव्र गतिमा ओरालो लाग्ने पूर्वानुमान गरिएको छ ।

 

अमेरिकी बैंक मोर्गन स्टेनलीले कोरोना भाइरसका कारण अमेरिकाको अर्थतन्त्र सन् २०२० मा ५.५ प्रतिशतले खुम्चिने पूर्वानुमान गरेको छ।

 

कोरोना भाइरसका कारण अमेरिकी अर्थतन्त्र दोश्रो त्रैमासमा यसअघि अनुमान गरिए भन्दा ३८ प्रतिशतले कम हुने उसको अनुमान छ।

 

स्टेनलीले कोरोना भाइरसका कारण परेको असरलाई ध्यानमा दिँदै नयाँ आर्थिक पूर्वानुमान सार्वजनिक गर्ने क्रममा शुक्रबार यस्तो बताएको हो।

 

यस अमेरिकी बैंकले पहिलो त्रैमासमा यसअघि गरेको आफूले गरेको २.४ प्रतिशतको संकुचन अब ३.४ प्रतिशत हुने जनाएको छ भने दोश्रो त्रैमासमा ३८ प्रतिशतको संकुचन आउने उसको अनुमान छ।यसअघि उसले दोश्रो त्रैमासमा ३० प्रतिशत संकुचन हुने अनुमान गरेको थियो।

 

यसैगरी बैंकले अमेरिकी बेरोजगारीदर दोश्रो त्रैमासमा कीर्तिमानी रुपमा १५.७ प्रतिशतले वृद्धि हुने बताएको छ। यसअघि उसले बेरोजगारीदर १२.८ प्रतिशत हुने अनुमान गरेको थियो।

 

मोर्गन स्टेनलीले यस त्रैमासमा २ करोड बढीले रोजगार गुमाउने मोर्गन स्टेनली जनाएको छ।

-एजेन्सी

विदेशी नागरिक लैजान धमाधम चार्टर्ड उडान Read Previous

विदेशी नागरिक लैजान धमाधम चार्टर्ड उडान

नेपालमा थप ३ जनामा कोरोना भेट्टियो, संक्रमितको संख्या ९ पुग्यो Read Next

नेपालमा थप ३ जनामा कोरोना भेट्टियो, संक्रमितको संख्या ९ पुग्यो