नेपाल ग्यासले काठमाडौंका यी ६ स्थानबाट सिलिण्डर वितरण गर्ने

काठमाडौं । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखी नेपाल ग्यास उद्योगले बुधबार (आज) देखि काठमाडौंका विभिन्न ६ स्थानबाट ग्यास वितरणको तयारी गरेकोे छ ।

 

नेपाल ग्यासको अभाव धेरै भएको गुनासो आएपछि उपभोक्ताको गुनासो सम्बोधन गर्दै बालाजु औद्योगिक क्षेत्रबाहेक नयाँ क्षेत्रमा ग्यास वितरणको तयारी भएको कम्पनीले जनाएको छ ।

 

नेपाल ग्यास कम्पनीका कार्यकारी निर्देशक गोकुल भण्डारीले उपभोक्ताको गुनासोअनुसार अतिरिक्त रुपमा आधा दर्जन स्थानमा तीन दिनसम्म ग्यास वितरण गर्न लागिएको बताए ।

 

उनका अनुसार काठमाडौं उपत्यकाका ६ स्थानमा मिलाएर तीन दिनसम्म ग्यास वितरण गरिनेछ । ‘यस परिस्थितिमा अति आवश्यक रहेका तथा तोकिएका बिक्री केन्द्रमा जान नसकेका उपभोक्तालाई ध्यानमा राखी हामीले ग्यास वितरण गर्न लागेका हौँ’, उनले भने, ‘तीन दिनमा दुईदुई स्थानबाट एकैचोटि ग्यास वितरण गर्नैछौँ, दुई स्थानमा हामीले ५६० वटासम्म सिलिण्डर वितरणको तयारी गरेका छौँ ।’

 

बुधबार बिहान १० बजे सुरक्षाकर्मीका साथमा चाबहिल चोक र बाफल चोक, बिहीबार कोटेश्वर चोक र बानियाँटार चोक तथा शुक्रबार भनिमण्डल चोक र महाराजगञ्ज चोकवाट ग्यास सिलिण्डर वितरण गरिनेछ ।

कोरोनाविरुद्ध लड्न विश्व बैंकले दियो नेपाललाई ६ अर्ब ऋण Read Previous

कोरोनाविरुद्ध लड्न विश्व बैंकले दियो नेपाललाई ६ अर्ब ऋण

एशियामा कोरोना भाइरस प्रकोप नियन्त्रण प्रयास सन्तोषजनक : डब्ल्यूएचओ Read Next

एशियामा कोरोना भाइरस प्रकोप नियन्त्रण प्रयास सन्तोषजनक : डब्ल्यूएचओ