काठमाडौं । एफवान सफ्टले मुक्तिनाथ विकास बैंक फागुन महिनाको मोबाइल बैंकिङ लिडर बन्न सफल भएको घोषणा गरेको छ ।
फोन पे नेटवर्कमा आबद्ध ४९ बैंक तथा वित्तीय संस्था मध्येबाट मुक्तिनाथ विकास बैंक मोबाइल बैंकिङ लिडर बन्न सफल भएको हो ।
ग्राहकले मुक्तिनाथको मोबाइल बैंकिङमार्फत १५ हजार ८ सय २४ वटा डिजिटल कारोबार गरेका छन् ।
बैंकले हाल देशभरका १३६ शाखा, २२ वटा एटीएम, १४ हजारभन्दा बढी मर्चेन्ट नेटवर्क, ३२ हजारभन्दा धेरै रेमिट्यान्स् एजेन्टमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।