काठमाडौं । आज बसेको नेपाल विद्युत प्राधिकरणको संचालक समिति बैठकले चैत महिनाको विद्युत महशुलमा २० प्रतिशत शुल्क मिनाह गर्ने घोषणा गरेको छ । यसको प्रत्यक्ष फाइदा ३८ लाख घरायसी ग्राहकले प्राप्त गर्ने प्रधिकरणले जनाएको छ ।
ऊर्जा मन्त्रीको अध्यक्षतामा बसेको बैंठकले उक्त निर्णय गरेको हो । लकडाउनको समयमा बजारमा ग्यास नपाईएकाले खाना पकाउन प्रयोग होस् भनेर सरकाले २० प्रतिशत छुट दिएको मन्त्री पुनले बताए ।
मासिकरुपमा १५० यूनिट भन्दा कम बिजुली खपत गर्ने घरलाई चैत महिनाको बिलमा २० प्रतिशत छुट दिन लागिएको हो ।
सरकारले यस समयलाई ग्यासबाट इन्डक्सनमा परिणत गर्ने अवशरको रुपमा लिएको मन्त्री पुनको भनाई थियो । यसबाट सरकारले करिब ५० करोड भार व्यर्होने उनले जानकारी दिए ।