बेलायतका प्रधानमन्त्रीलाई पनि कोरोना संक्रमण

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरसको संक्रमण भएको पाइएको छ । स्वास्थ्य जाँचका क्रममा उनमा कोरोना पोजेटिभ देखिएको बताइएको छ ।

 

प्रधानमन्त्री बोरिसले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूमा कोरोना देखिए पछि सेल्फ आइसोलेशनमा बसेको जानकारी गराएका छन् ।

 

उनले कोरोना विरुद्ध लड्नका लागि सरकारले गर्ने बाँकी काम काम घरबाटै गर्ने बताएका छन् । साथै उनले सबैलाई कोरोना भाइरसबाट जोगिन घरमै क्वारेन्टाइनमा बस्न समेत सुझाव दिएका छन् ।

 

यसअघि बेलायती महारानी एलिजावेथका छोरा युवराज चार्ल्स पनि कोरोना संक्रमण देखिएको थियो । उनी हाल स्कटल्याण्डमा आइसोलेशनमा रहेका छन् ।

 

पछिल्लो समय यूरोपका अधिकांश देशमा कोरोना तीव्र रुपमा फैलिरहेको छ । यसबाट यूरोपका इटली, स्पेन, फ्रान्स, जर्मनी, वेलायत लगायत मुलुक अति प्रभावित भएका छन् ।

लकडाउनमा ताजा तरकारी पाइएन : मनोहरा कृषि बजारलाई फोन गर्नुस् आधाघण्टामै आइपुग्छ Read Previous

लकडाउनमा ताजा तरकारी पाइएन : मनोहरा कृषि बजारलाई फोन गर्नुस् आधाघण्टामै आइपुग्छ

चैतको बिजुलीको पैसा २० प्रतिशत छुट गर्ने प्राधिकरणको निर्णय Read Next

चैतको बिजुलीको पैसा २० प्रतिशत छुट गर्ने प्राधिकरणको निर्णय